जापान, असार २१ ।
हाल गैर आवासीय नेपाली संघ जापानले क्षेत्रीय समितिहरूको अधिवेशन सम्पन्न गरेको अबस्था छ । क्षेत्रको अधिवेशन सम्पन्न गरे संगै एनआरएनए जापान आफ्नो १०औं अधिबेशनको तिव्र तयारीमा जुटेको छ । जापानका सबै क्षेत्रमा निर्वाचन सर्वसम्मतले सम्पन्न भएको छ । तर नागोयामा भने अधिबेशनलाइ लिएर भएको बिवाद उत्कर्षमा पुगेको छ ।
हाल नागोयामा दुई क्षेत्रीय समिति आफ्नो तरिकाले काम गरिरहेका छन । एउटा कार्यसमितिको नेतृत्व मनोज बममल्लले गरेका छन भने अर्को समानान्तर कमिटीको नेतृत्व गंगा घत्तिमगरले गरीरहेको छ । एनआरएनए जापानको विधानलाई मान्य हो भने क्षेत्रको संयोजक पदमा उम्मेद्वारी दिन क्षेत्रीय कार्यसमितिको एक कार्यकाल पदाधिकारी पद सह-कोषाध्यक्ष भन्दा माथिको पदमा रही कार्यसम्पादन गरेको हुनु पर्ने व्यवस्था स्पष्ट लेखेको छ । नगोयाको बिबादको थालनी पनि यही विधानको परीक्षद ८ (५) ५.४ को बुदामा स्पष्ट उल्लेख गरीएको छ । तर निर्वाचन समितिले एक पक्षीय उम्मेदवारलाइ मात्र साथमा लिइ निर्वाचन सम्पन्न भयो भनेर प्रतिष्पर्धि बिनाको निर्वाचन गराइ सपथ ग्रहण समेत गराएको छ भने अर्को पक्ष बहुमत उम्मेदवारहरुले अबैधानिक तरिकाले निर्वाचन गर्न खोजेको भनेर निर्वाचन खारेजीको माग गर्दै पूर्ण रुपमा निर्वाचन बहिस्कार गरी गंगा घत्तिमगरको नेतृत्वमा समानान्तर कमिटी गठन गरी काम गरीरहेको अबस्था छ ।
निर्वाचन समितिले निष्पक्ष निर्वाचन गराउन नसकेको विधान विपरीत संयोजकमा मनोजबम मल्लको उम्मेदवारी सदर गरि निर्वाचन प्रक्रियामा सहभागी गराएको, निर्वाचनमा ५० प्रतिशत पुर्याउनका लागि निर्वाचन आयुक्तले नै पदीय मर्यादा विपरित ग्रुपमा कुराकानी गरेको लगायतका प्रमाणहरु सामाजिक संजालमा बाहिरिएपछि यसले थप संकट निमत्याएको हो । एनआरएनए एनसीसी जापानले समेत बिधान बिपरित रित नपुगेको ब्यक्तिको उम्मेद्वारी लिई निर्वाचन गराउन निर्देशन दिनुले पनि नगोयाको बिबादले उग्र रूप लिएको हो ।
अहिले एनआरएनए नागोयाको गतिविधिले गर्दा यहाँको समुदायलाइ नै गम्भीर सोचनिय बनाएको छ । यसै प्रसंगलाई लिएर नागोयामा क्रियाशील १४ संघ सस्थाहरुद्वारा सयुक्त विज्ञप्ति जारी गरि यस बिवादको यथासक्य छिटो समाधान गर्नको लागि सम्बन्धित पक्षलाइ ध्यानाकर्षण गराएका छन ।
जारि गरिएको बिज्ञप्तीमा भनिएको छ यो दुबै अतिवादी प्रवृतिलाई हटाउनका लागि दुवै समिति भङग गरि सबै पक्षलाई समेटेर क्षेत्रीय समिति गठन गर्ने वातावरण सृजना गर्न अनुरोध गर्दछौ । विज्ञप्तिमा भनिएको छ – यदि सहमति नभए बिधान संगत तरिकाले पुन निर्वाचन गर्ने बातावरण मिलाउन अनुरोध गर्दछौ । केन्द्रलाइ यो बिषयमा गम्भीर ध्यानार्कषण गर्दै ठोस निर्णय नहुदासम्म दुवै समितिलाई कुनैपनि गतिबिधि नगर्न तत्काल निर्देशित गरि तुरुन्त नागोयामा विभाजित नेपाली समुदायलाइ एकीकृत गर्ने सौहार्दपूर्ण वातावरण सृजना गर्न भूमिका खेल्न समेत एनसीसी र आइसीसीलाई अनुरोध गरी ध्यानकर्शन गराएको छ ।
१४ संघसंस्थाद्वारा जारी ध्यानाकर्षण पत्र :-