काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटियो, अनुसन्धान जारी रहेको प्रहरीको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  147 पटक हेरिएको

काठमाडौं, असार २० ।

काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ । कोठामा खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४र३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले संचारमाध्यमलाई बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । कोठामा ती महिलका एकजना छोरा पनि छन् । तर सुस्त श्रवण भएका उनी बोल्न सक्दैनन् ।

एसपी मैनाली भन्छन्, ‘विस्तृत अनुसन्धान नगरी के भएको हो, भन्न सकिन्न । भर्खरै आएर अनुसन्धान थालेका छौं ।’ बिस्तृत बिबरण अनुसन्धान पश्चात सम्पुर्ण मिडियालाई जानकारी गराउने एसपी मैनालीले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार