बझाङमा पहिरोमा बेपत्ता २० मध्ये तीन जनाको शव फेला उद्धार कार्य जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  880 पटक हेरिएको

बझाङ, असार २० ।

बझाङमा पहिरोमा परी २० जना बेपत्ता रहेका छन । बेपत्ता परेका मध्ये तीन जनाको शव फेला परेको छ। मृत भेटिनेमा वर्ष ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा र वर्ष ७ का प्रयाग जेठारा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताए ।

यस्तै दुई गाई, तीन भैंसी र ८ बाख्रा मरेका फेला परेका उनले जानकारी दिए । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा गएराति १ बजेतिर पहिरो जाँदा २० जना बढी बेपत्ता छन् भने १७ घर पुरिएका छन्।

करिब नौ घण्टापछि घटनास्थलमा स्थानीय प्रहरी पुगेको छ।जिल्लाबाट खटिएको प्रहरी, शसस्त्र प्रहरी र सेनाको टोली अझै पुगिसकेको छैन। उद्धार र खोजीकार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार