एजेन्सि, असार २०।
युरोकप फुटबल अन्तरगत ईग्ल्याण्ड युरोकपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा युक्रेनलाई चार शुन्यले पराजीत गर्दै ईग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । अब सेमिफाईनलमा वेम्बलीमा उसले डेनमार्कको सामना गर्नेछ ।
इंग्ल्याण्डको जीतमा कप्तान ह्यारी केनले दुई गोल गरे । उनले चौथो मिनेटमै पहिलो गोल गरेका थिए । पहिलो हाफमा ह्यारी म्याकग्वेर र केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले चौथो गोल गरे ।
इंग्ल्यान्डले सन् १९६६ को विश्वकपका रूपमा पहिलो ठूलो उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड युरोको इतिहासमा सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो । यसपल्टको युरोमा गेराथ साउथगेटको इंग्ल्यान्डको यो लगातार पाँचौं जित हो ।