डेनमार्कको एक सपिगं मलमा गोली चल्दा तीन जनाको मृत्यु, प्रधानमन्त्री मेटे फ्रेडरिकसेनद्धारा डेनमार्कमा क्रूर आक्रमणको संज्ञा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  227 पटक हेरिएको

डेनमार्क, असार २० ।  

डेनमार्कको राजधानी कोपेन हेगनमा रहेको एक सपिगं मलमा एक युवाले जथाभावी गोली चलाउदा तीन जनाको मृत्यु भएको छ । दक्षिण कोपनहेगनको सबैभन्दा ठूलो फिल्ड्स मलभित्र आइतबार गोली चलेको थियो । प्रहरी प्रमुख सोरेन थोम्सनले सोमबार बिहान पत्रकार सम्मेलन गरी गोली आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेको जानकारी दिएका छन् ।

उनका अनुसार आक्रमणमा संलग्न २२ वर्षीय एक जना युवकलाई नियन्त्रणमा लिइएको छ । उनी डेनिस नागरिक भएको प्रहरीले जनाएको छ । उनले आक्रमण गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी पनि प्रहरीले दिएको छ ।

अन्य दर्जनौ घाईते भएको र ती मध्य तीन जनाको अवस्था गंभीर रहेको पनि बताईएको छ । ती युवाले जथाभावी गोली चलाउन थालेपछि मानिसहरुको भागदौड मच्चिएको थियो । प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले डेनमार्कमा क्रूर आक्रमण भएको भन्दै निन्दा गरेकी छन् । उनले ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै यो कठिन समयमा सबै सँगै उभिन र एकअर्कालाई सहयोग गर्न आह्वान गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार