कोशी प्रदेश सरकार प्रक्रिया शुरु, नेपाली काग्रेसको नेतृत्वमा सरकार गठनको तयारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  343 पटक हेरिएको

काठमाडौं, असार १८ ।  

नेकपा एमालेका मुख्यमन्त्रिले बिश्वासको मत नपाएसँगै कोशी प्रदेशले नयाँ मुख्यमन्त्रि पाउने भएको छ । तर नयाँ मुख्यमन्त्रि चयनको प्रक्रिया अगाबै गठबन्धन दलहरुमा टकराबको स्थिति समेत पैदा भएको छ । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसलाई पहिला बनाउने भन्ने विवाद टुंग्याएका छन् । तर निकै अप्ठ्यारो अंक गणितका कारण संकट भने कायमै रहेको नेताहरु बताउँछन् ।

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत नपाएसँगै कोशीमा नयाँ सरकार गठनको बाटो खुलेको हो। तर पाँचदलीय गठबन्धनमा मुख्यमन्त्री आलोपालो गर्ने भन्ने पनि समझदारी छ । तर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच को पहिला मुख्यमन्त्री हुने भन्ने सहमति जुट्न सकेन ।

सोमबार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुबावाटारमा बस्यो । बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सञ्चारकर्मीहरुलाई भने, ‘गठबन्धनमा भएका दलहरुको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’

एक नेताका अनुसार कोशीको मुख्यमन्त्री पाउनुपर्ने माओवादीको दाबी कायमै रहेपनि हाललाई भने कांग्रेसले ३ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको भएपनि कोशी प्रदेशमा पनि नेपाली काग्रेसको नेतृत्वमा सरकारगठन गर्न निर्देशन दिने निर्णय समेत गरेको बताएको छ । प्रधानमन्त्रीकै दलको मुख्यमन्त्री हुँदा सहज हुने भन्दै माओवादी नेताहरुले कोशीमा पहिलो पालोमा आङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने तर्क गरेका थिए ।

तर कांग्रेसले अहिले आफूहरुको चार मुख्यमन्त्री भएपनि भोलि माओवादीको पनि हुने बताए । सुदूरपश्चिम प्रदेशमा १०/१२ महिनापछि माओवादीको मुख्यमन्त्री हुने भन्दै कांग्रेसका एक नेता भन्छन्, ‘फेरि गणितका हिसाबले पनि हामी अगाडि भयौं ।’ अरु दलले पनि पहिलो पालो कांग्रेसलाई दिँदा हुने बताएपछि माओवादी नेताहरु सहमत भए । अब कोशी प्रदेशमा पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार