जापान, असार १९ ।
एनआरएनए जापानको महाधिवेशन नजिकिँदै गर्दा बिभीन्न पदमा उम्मेदवारी दिने लहर दिनप्रति दिन बढ्दै गईरहेको छ । राष्ट्रिय परिषद् जापानको आगामी २०२१-२३ कार्यकालको लागी महासचिव पदमा बर्तमान प्रबक्ता सिद्धार्थ श्रेष्ठले उम्मेद्धारी दिएका छन् । वर्तमान कार्यसमितिमा प्रवक्ताको रुपमा रहनुभएका श्रेष्ठले एनआरएनए भित्र बिभिन्न चरणमा आर्थिक अनियमितता भएको भनी आवाज उठाउने पहिलो ब्यक्ति हुन । श्रेष्ठले उठाएको आवाजलाई आधार मानि आइसिसीले छानबिन समिती गठन गरी छानबिन समितीले अनियमितता भएको प्रतिबेदन बुझाएको थियो ।
संस्थाभित्र पटक पटक आर्थिक अनियमितताका कुरा उठ्दा पनि जवाफदेहिता नबन्दा र एक पछि अर्को गर्दै प्रश्न मात्र तेर्सिई रहने उठेका प्रश्नलाई बेवास्ता गर्ने यि सबै कुराले आम नेपालीमा एनआरएनए प्रति नेपाली समुदायको बिस्वास घट्दै गएको बताउनु हुन्छ । एनआ।एनए जापान भित्र देखिएको हरेक प्रश्नको जवाफ दिनु पर्दछ र कमि कमजोरी सच्चाउदै बिकृती र बिसंगतीको अन्त्य हुन पर्दछ भन्दै यि सबैकुरा बाहिर ल्याएको श्रेष्ठले बताउनुभयो।
संस्थालाई आँच आउने काम गरियो भन्ने पनि छ तर बिकृती,बिसंगती र खराब कुराहरू भत्काएको हो र अब यस्लाई राम्रो बनाएर लाने जिम्मा पनि हामीले नै लिनु पर्दछ यति सम्म पर्दाफास गरे पछि अब यतिकै बिचमा छोडेर जान हामीलाई नैतिकताले पनि नदिने भएको भएर फेरी पनि अभियानमा आउने निष्कर्ष निकाल्दै महासचिब पदमा उम्मेदवारी दिने घोषणा गरेको उल्लेख गर्नुभएको छ । एनआरएनए भन्ने बितिकै नेपाली समाजमा बिस्वास गुमाएको सबैको नजरमा आर्थिक अनियमितता गर्ने गिरोहहरू आबद्ध संस्था जस्तो भान भएकोले यि बिषय चिर्दै बाहिर ल्याएकोभएपनी एक पटक एनआरएनएको स्वाद लिई सकेका ब्यक्तीहरूबाट धम्कीपुर्ण अभिव्यक्ति खेप्दै आएको तथा कसैले यस्तो गर्न हुने थिएन भन्ने गुनासो गरेपनी यस्ता कुराले कत्ति पनि विचलित नभएको जनाउनुभयो ।
श्रेष्ठले संस्था गलत हुदै होईन संस्था कस्ता ब्यक्तीले चलाए भन्ने मुख्य बिषय हो भन्दै बिषय बस्तु अहिले आएर उठे पनि यि सबै काण्डहरू अघिल्ला कार्यकाल कै भएको उल्लेख गर्नुभएको छ । आगामी दिनमा पनि संस्थालाई चुस्त,दुरुस्त, पारदर्शिता र जवाफदेहिता बनाएर अगाडी बढ्ने अडान कायम रहने प्रतिबद्धता सहित जापानबासी नेपालीमा साथ र समर्थनको लागी अनुरोध पनी गर्नुभएको छ ।