काठमाडौं, असार १९ ।
नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १३ औँ केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो।
यस्तै बैठकले पार्टीको विधान महाधिवेशन आगामी साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ । महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन र निर्माण तथा नेता रामबहादुर थापालाई व्यवस्थापनको जिम्मा दिइएको छ । बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ।
आफ्ना केन्द्रीय सदस्यहरूलाई आगामी मंसिरका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी जुट्न निर्देशन दिने निर्णय गरेको छ। पार्टी एकताको लागि माधब नेपाल समुहलाई सर्बोच्चमा पेश गरेको हस्ताक्षर फिर्ता नलिए पार्टी एकताको सम्भावना समाप्त भएको बताएका छन ।