जापान, असार १८ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी निर्वाचनका लागि क्युस्यु क्षेत्रबाट प्रकाश लामिछानेले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार बेलुकि सामाजिक संजाल फेसबुक मार्फत एनआरएनए जापान (२०२१-२०२३) कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । क्षेत्रिय समन्वय समिति क्युस्युको बिभिन्न पदमा रहि निरन्तर एनआरएनए अभियानमा लागि नेपाली समुदायमा आईपर्ने समस्यालाई सामुहिक सहभागिताका आधारमा समाधान गर्न आफ्नो पक्षबाट सहयोग गर्दै आईरहेका प्रकाश लामिछानेले केन्द्रमा देखिएका आर्थिक अनियमितता जस्ता अपारदर्शि कामलाई नियन्त्रण लगायत संस्थागत सुधारका लागि आफ्नो उम्मेद्धारी रहेको भिजन अनलाईन न्युजसंगको संबादमा जानकारी गराउनु भयो ।
गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति क्युस्युमा रहेर बिभिन्न सामाजिक कार्यमा सक्रिए रुपमा लागिरहेका लामिछानेले क्युस्यु क्षेत्रिय कार्यसमितिको संयोजकको दाबेदारी समेत पेश गरेका थिए । क्युस्यु क्षेत्रिय कार्यसमितिलाई सर्बसम्मत चयन गर्न महत्वपुर्ण भूमिका निर्बाह गरेका लामिछानेले (२०२१–२०२३) कार्यकालको लागि केन्द्रीय सदस्यमा रहि बिभिन्न सामाजिक कार्यमा सक्रिय रहेर काम गर्न ईच्छुक रहेको बताएका छन ।