गुटगत कित्तामा नलागि अभिभाबकिय भूमिकामा रहन राष्ट्रपति भण्डारीलाई प्रचण्डको सुझाव

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1454 पटक हेरिएको

काठमाडौं, असार १८।   

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। पार्टी भित्रको टकराबका कारण प्रधानमन्त्रिको पछिल्लो गतिविधि पार्टी र देशको हित बिपरित रहेको र सरकार संचालनमा पार्टीको सहकार्य र संवादबाट चल्नु पर्ने पार्टीको निर्णय मान्नु पर्ने स्थायी कमिटीको माग भएकोले गुटगत कित्तामा साथ नदिन राष्ट्रपतिलाई अनुरोध समेत गरेका छन ।

सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रचण्डले एउटा खेमामा नलागी अभिभावकीय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेका हुन्।

राष्ट्रपति कार्यालय निकट स्रोतका अनुसार भेटवार्तामा विकसित राजनीतिक घटनाक्रम र त्यसको निकासबारे प्रचण्डले छलफल गरेका छन्। स्रोतका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले सबै मिलेर अघि बढ्न सुझाएकी छन्।

सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार