काठमडौं, असार १८ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।
माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो । नेकपा एमाले संस्थापन पक्ष २०७५ जेठ २ मा फर्किएपछि नेपाल पक्षलाई भने बैठकमा जाने कि नजाने भन्ने दुबिधा सृजना गरेको छ । नेपाल पक्षले दुई पक्ष संबाद गरेर एउटा सहमति पछि मात्र उक्त बैठक राख्नु पर्ने माग राखेका छन ।