दाङ, असार १८ ।
दाङकी एक युवतीले फेसबूक लाइभमा आएर आत्महत्या गरेकी छिन् ।अन्दाजी २३ वर्षीया युवतीले देहत्याग गरेकी हुन् । तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले आत्महत्या गरेकी हुन् ।
बुधवार राति फेसबूक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले आत्महत्या गरेको पुष्टि गरे ।
युवतीले किन आत्महत्या गरिन् भन्ने खुलेको छैन । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो लासको मलामी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन् ।