एनआरएनए जापानको युवा संयोजकमा राजेश खनालको उम्मेद्धारी घोषणा, अत्यधिक मतले बिजयी गराउन अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  791 पटक हेरिएको

जापान, असार १७ ।  

गैर आवासीय नेपाली संघ एनसिसि जापानको आगामी अधिबेशन तीब्र गतिमा अघि बढिरहेको छ । हाल क्षेत्रिय कार्यसमितिको अधिबेशन सम्पन्न गरी एनसिसि जापानको अधिबेशनको तयारीमा जुटेको छ । आगामी २०२१–२०२३ कार्यकालको लागि अध्यक्ष पद देखि सदस्य पदसम्म जापानको क्षेत्र तथा केन्द्रका एनआरएनए अभियान्ताहरुले आफ्नो उम्मेद्धारी घोषणा गर्दै आईरहेको छ । यसै सन्दर्भमा एनआरएनए जापानको आगामी कार्यकालको युवा संयोजकमा सामाजिक अभियान्ता राजेश खनालले आफ्नो उम्मेद्धारी घोषणा गरेको छ । भिजन अनलाईन न्युजसँग कुरा गर्दै आगामी दिनमा एनआरएनए जापान भित्र देखिएको आर्थिक अनियमितता जस्ता आर्थिक घोटलालाई निस्क्रिय पार्न र आर्थिक पारदर्शिता कायम राख्नको लागि मेरो उम्मेद्धारी रहेको बताउनु हुन्छ ।

जापानबासी आदरणिय आमा, बुवा, दाजु, भाई तथा दिदी बहिनीहरु, सर्बप्रथम यहाँहरुले मलाई अत्यन्त माया र विश्वास गरेर सन् २०१९-२०२१ को कार्यकालका लागी NRNA जापान च्याप्टरको सदस्य पदमा भारीमतले बिजय गराउनु भएकोमा आभार सहित धेरैधेरै धन्यबाद ट्रक्राउदछु । मैले यस समितीमा बसेर गरेका कामका बारेमा यहाँहरु जानकार हुदैहुनुहुन्छ भिजन अनलाईनसँगको संबादमा बताउनु भयो । आदरणिय दाजुभाई तथा दिदीबहिनी हरु यसभित्र अरु धेरै सुधार गर्नुपर्ने आवस्यकता छ। यसभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द मैले निरन्तर रुपमा आवाज उठाउदै आएको छु। मैले आफ्नो शरिर र समयले साथ दिएसम्म पदमा भए पनि नभए पनि आवाज उठाई नै रहनेछु तथापि समिति भित्र बसेर बोल्दा जति त्यसको सार्थकता हुन्छ त्यति बाहिर बाट बोल्दा हुदैन । यस कुरालाई मनन गर्नका साथै धेरै अभिभावकज्युहरुले म माथि भरोसा राखी उमेदवारी दिन आग्रह गर्नु भएको हुँदा मैले सन् २०२१-२०२३ का लागि युवा सँयोजक पदमा उमेदवारी दिएको जनाउनु भयो ।

मलाई बिश्वास छ यहाँहरुले यसपाली पनि माया गर्नुहुनेछ उहाँ बताउनु हुन्छ । म यँहा हरुलाई स्मरण गराउन चाहान्छु कि हामि नेपाल आमाको काख अनी तमाम नातागोता इस्टमित्र र आफन्तको साथ छोडेर प्रदेश आएका छौ । अर्काको मुलुकमा आप्रवासी जिवन बिताईरहँदा कति किसिमका कठिनाईहरु आई प्रर्दछन भन्ने कुरा यँहाहरुलाई थाहा नै छ । तिनै समस्याको समाधानका लागि ल्च्ल् गठन भएको हो। यस दिशामा प्रस्तुत सँगठनले केहि काम गरेको छ तर अझ धेरै काम गर्न बाँकि छ। यसभित्र केहि खराबी मौलाउदै गएको पनि देखिएको छ। गलत प्रवृति हरुलाई पराष्त गर्दै दुस्ख आपत परेका बेला सहयोग मा जुटी अझ आहत ,भरोषा आत्मियताको संगठन र छबि निर्माण गर्नु पर्ने देखिन्छ । यसरी एक नेपालीले अर्को नेपालीप्रति घात गर्नु ज्यादै दु:ख लाग्दो कुरा हो।

वर्तमान कार्यसमितिमा रहेर काम गर्दा मलाई यि कुरा बाहिर ल्याउन बाध्य भए ब्यक्ति गत रुपमा केही साथी हरु म संग असहमत हुनु भयो होला ,तर हामी जापानमा बस्ने नेपाली र स्वयम ल्च्ल् सँस्थाको उज्जवल भविस्यका लागी समयमा नै सचेत नहुदा र जानकारी नगराउदा त्यसको दोष र फल हामी सबैले भोग्नुपर्ने भएका कारण थोरै सँकेत गरेको हुँ । म निःस्वार्थ भाव ले यस संस्था आबाद्ध भएको हुदाँ भएका गल्ती लाई औल्याउने हिम्मत राखेको हुँ,अन्त्यमा मेरो आफ्नै चाहना बिगतको अनुभव केहि गर्न सक्छु भन्ने आत्माविश्वास अग्रज तथा अनुजहरुको अनुरोधमा मैले (युवा सँयोजक) पदमा उमेदवारी दिएको जानकारी गराउदै र समस्याको समाधानका लागी तन, मन, र धनले लागी पर्नेछु भन्ने विश्वास दिलाउदै पुन स् एकपटक विजय गराईदिनु हुन सादर अनुरोध गर्दछु । आगामी दिनमा पनि जापानबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको साथ र सहयोग रहने बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार