नेफिन जापानद्धारा एनआरएनए जापानको भूत, बर्तमान र भबिष्य बिषयक बृहत अन्तक्रिया कार्यक्रमको आयोजना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  605 पटक हेरिएको

जापान, असार १७ ।  

नेपाल आदिवासी जनजाति महासंघ, नेफिन जापानले गैर आवासीय नेपाली संघ जापानभित्र देखिएको अनियमितताको बारेमा बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त बिश्व भरि संजाल फैलिएको गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद जापान भित्र र अन्य देशहरुमा समेत आर्थिक अपचलनको आरोप लागेको अबस्थामा यस्ता अपादर्शितालाई कसरी सुदृढ गर्न सकिन्छ । भाबी दिनमा संस्था भित्र देखिएको आर्थिक अनियमिततालाई नेपाली समुदाय भित्र कसरी सनराकरण गर्न भूमिका खेल्नेछ लगायतका बिषयमा गैर आवासीय नेपाली संघका अग्रजहरुको उपस्थितिमा बिशेष बहस गर्न लागेको नेपाल आदिबासी जनजाति महासंघ जापानका महासचिब शिशिर लिम्बुले बताउनु भयो ।

एनआरएनए जापानमा देखिएको आर्थिक अनियमिततालाई आईसिसिले कसरी हेरेको छ त्यसको निरुपणको लागि के–कस्ता प्रयासहरु हुनेछ भन्ने बिषयमा बहस गर्न लागिएको हो । गैर आवासीय नेपाली संघ नेपालीहरुको साझा संस्था भएकोले यस भित्र देखिएको समस्या समाधान गर्नुपर्ने सबै नेपालीहरुको साझा दायित्व रहेकोले नेफिन जापानले यस बिषयमा अन्तक्रिया गर्न लागिएको जनाएको छ । जापानमा एनआरएन आईसिसिले गठन गरेको छानविन समितिले एनआरएन जापानमा पनि आर्थिक अनियमिता भएको प्रतिवेदन बाहिर आएपछि यस विषयमा जापानमा रहेका नेपालीहरुका विच आर्थिक अनियमितता गर्नेलाई कडा कारबाहि गर्नु पर्ने मत सहित आवाज उठाई रहेका छन ।

यसैगरी जापानमा पनि बिगतको बिभिन्न कार्यक्रमहरुमा करौडौ रकम अनियमितता भएको प्रतिवेदन आउदा पनि कारबाहिको साटो ढाकछोप गर्ने ब्यबहारमा देखिएको हुदा कतै एनआरएन भन्ने सस्था नै बदनाम हुने त होईन भन्ने लागेर समयमा नै आफु रहेको देश जापानको एनआरएनको भूमिकाको बारेमा यो कार्यक्रम आयोजना गरिएको जनजाती महासंघ जापानका महासचिव शिशिर लिम्बुले बताउनु भयो । एनआरएनए जापान भित्र देखिएको आर्थिक अनियमिततालाई बाहिर ल्याउनुको साटो आईसिसिले नै संरक्षण गरेकोले त्यसको भण्डाफोर गर्नुपर्ने जापानबासी नेपालीहरुको माग भएकोले नेपालीहरु माझ एनआरएनए जापानलाई आर्थिक पारदर्शी र चुस्त दुरुस्त राख्नु पर्ने भएकोले सो बिषयमा सचेत गराउनको लागि पनि अन्तक्रिया आयोजना गरेको जनाएको छ ।

आईतबार साझ भर्चुवल मार्फत गैर आवसिय नेपाली संघ एनआरएन जापानको भूत, वर्तमान र भविश्य “ बिषयमा अन्तर्क्रियात्मक बहस कार्यक्रममा सहभागिताको लागि सम्पुर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबैमा अनुरोध पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार