एनआरएनए जापानको उपाध्यक्षमा क्युस्युबाट रामकृष्ण श्रेष्ठको उम्मेदवारी घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  793 पटक हेरिएको

जापान, असार १६ ।  

गैर आवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद्‌ जापानको उपाध्यक्षमा क्युस्यु क्षेत्रबाट रामकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको २०२१-२०२३ कार्यकालका लागि हुने निर्वाचनका लागि श्रेष्ठले उम्मेदवारी दिने बिहीबार घोषणा गरेका हुन् । उनले सबैलाई समेटेर एनआरएनएलाई अभिभावक संथाको रुपमा स्थापित गर्ने, युवा, महिला, विद्यार्थी, व्यवसायी एवं सम्पूर्ण नेपालीहरुको हितमा काम गर्ने, नेपाल फेस्टिबलजस्ता कार्यक्रम आयोजना गर्ने, खेलकुद क्षेत्रमा सहयोग गर्नेलगायत आफ्ना एजेन्डा अघि सारेर नेपाली समाजको लागि अग्र भूमिकामा रहेर काम गर्ने बताए ।

हाल गैर आवासीय नेपाली संघ जापानको २०१९–२०२१ कार्यकालमा केन्द्रिय सदस्यमा रहेर रचनात्मक काम गरेका श्रेष्ठले क्षेत्रसँग राम्रो समन्वय गरी काम गरेका थिए । क्युस्यु क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आउनु भएका श्रेष्ठ नेपाली कला, संस्कृति जापनिज समुदायहरु माझ देखाउनु पर्छ भन्ने निश्चित उद्देश्यले फुकुओकामा पहिलो पटक नेपालीहरुको बाक्लो उपस्थितिमा बैशाखी मेलाको शुरुवात समेत गरेका थिए ।

हाल नेपाल फेस्टिबलमा रुपान्तरण गरी उक्त मेला आयोजना गर्दै आईरहेको छ । जापनिज संचार क्षेत्रसँग पनि राम्रो सम्पर्क रहेको श्रेष्ठले जापनिज संचारमाध्यममा पनि एनआरएनए तथा नेपाली समुदायको उपस्थितिमा बिभिन्न कार्यक्रमहरु संचालन गरिसकेका छन ।

आगामी दिनमा क्षेत्र र केन्द्रको सम्बन्ध अझ मजबुद बनाई एनआरएनएको कामलाई अझ रचनात्मक बनाउने उद्देश्यका साथ केन्द्रीय कार्यसमितिको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दिएको बताउनु हुन्छ । हाल केन्द्रमा देखिएको आर्थिक अनियमिततालाई बिधिसम्बत रुपमा छानबिन गरि समाधानको लागि आबश्यक पहल गर्ने र आगामी दिनमा एनआरएनए भित्र यस्ता अनियमितता हुन नदिन आर्थिक हिसाब किताबलाई पारदर्शि पार्नको लागि प्रत्येक बर्षको ६/६ महिनामा लेखा परिक्षण गर्ने ब्यबस्था गर्नेछु । लेखा शाखालाई चुस्त राख्नको लागि लेखा परिक्षण कार्यबिधि निर्माण गरी केन्द्र देखि प्रत्येक क्षेत्रमा कार्यान्वयनमा ल्याउन आबश्यक पहल गर्नेछु ।

केन्द्रको आधार, क्षेत्रको अधिकार

एनआरएनए जापान, राष्ट्रिय समन्वय परिषद जापानको पहिलो बैठकबाट मलाई यस गरिमामय संस्थाको सदस्यमा मनोनित गरि काम गर्ने बाताबरण सृजना गरी सहयोग गरिदिनु भएकोमा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, उपाध्यक्ष, लगायत सम्पुर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छु । तत् पश्चात मिति २०२१(०२(१२ तारिक अनलाईन भर्चुअल माध्यमबाट बसेको बैठकबाट मलाई क्षेत्रहरुसँग समन्वय गरी रिर्पोट पेश गर्न अनुरोध भएको थियो । सोही बमोजिम आफुले रिर्पोट पेश गरेको बताउनु भयो । निज श्रेष्ठले केन्द्रमा पेश गरेका प्रतिबद्धता तथा गर्नुपर्ने कामको बिबरण तल उल्लेख गरिएको छ ।

१. जापानमा भैपरी आउने समस्याको दीर्घकालिन समाधानको लागि क्षेत्रिय कार्यसमितिहरु एकजुट भई कसरी समन्वय र सहजीकरण गर्ने ?

२. हालसम्म आफ्नो क्षेत्रको बैक खाता नखोलिएको क्षेत्रहरुको खाता खोल्न पहल गर्ने ?

३. क्षेत्रिय समितिहरुले आफ्नो भाबी योजनाका कार्यक्रममा केन्द्रिय के–कस्ता अपेक्षा गरिराखेको हुन्छ ?

४. क्षेत्रिय समितिहरुले क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बिबरण राखी नेपालीहरु प्रति जिम्मेवार रही काम गर्ने र सो को लागि केन्द्रीय कार्यसमितिसँग आबश्यक परामर्श गर्ने ।

५. कोरोना भाईरस कोभिड–१९ को संक्रमणले आफ्नो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई लाभदायी हुने सुचनाको प्रबाह के–कसरी गर्न सकिन्छ सोको जानकारी गराउने ।

उक्त मिटिङ्गबाट छलफलमा आएका बिषयबस्तुहरुलाई आगामी कार्यसमितिल पालना गर्न र गराउन आबश्यक प्रयत्न गर्नेछु र भाबी दिनमा पनि यस्ता बैठकहरुलाई निरन्तरता दिने । साथै क्षेत्रिय कार्यसमिति सम्बन्धित निम्न कार्यहरु गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछु । आपतकालिन राहत कोषको लागि आबश्यक आपतकालीन राहत कोष संचालन कार्यबिधि निर्माण गरी सबै क्षेत्रमा सर्कुलर गर्नेछु । सदस्यता शुल्कको सम्बन्धमा क्षेत्रलाई ५० प्रतिशत अनिवार्य छुट्याउन आबश्यक पहल गर्नेछु । क्षेत्रद्धारा तयार गरी केन्द्रमा पेश भएका महत्वपुर्ण कार्यक्रमलाई केन्द्रबाट बजेट बिनियोजन गर्न आबश्यक पहल गर्नेछु । उपसमितिको अबधारणा सबै क्षेत्रमा लागु गरी धेरै भन्दा धेरै जनसहभागिता बढाउन प्रयत्न गर्ने छु । हरेक क्षेत्रमा भैपरि आउने कोष खडा गर्न निर्देशन गर्ने छु । सबैलाई समेटेर एनआरएनए अबिभाबक संस्थाको रुपमा स्थापित गर्नेछु । युवा, महिला, बिद्यार्थी, ब्यबसायी एवं सम्पुर्ण नेपालीहरुको हितमा कार्य गर्ने छु । नेपाल फेस्टिभल जस्ता कार्यक्रम आयोजना गर्ने छु । खेलकुद क्षेत्रमा सहयोग गर्नेछु जस्ता प्रतिबद्धताहरु पेश गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार