एजेन्सी, असार १५।
युरोकप फुटबल खेलमा रोचक दृश्य र नतिजाहरु सार्वजनिक भईरहेको छ । बिश्वका शक्तिशाली खेलाडीहरु रहेको राष्ट्रहरु नकआउट चरणबाट नै घर फर्किन बाध्य भईरहेको छ । बिश्वका नम्बर वान खेलाडी रोनाल्डो रहेको राष्ट्र पोर्चुगल पनि नकआउट चरणबाट नै घर फर्किन बाध्य भए । त्यस्तै ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएको इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्यो । राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् । साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।