ललितपुरको स्टार अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, निधन हुनेको संख्या २९ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  485 पटक हेरिएको

काठमाडौं, असार १५ ।   

ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले पत्रकारहरूलाई जानकारी गराएको थियो ।

अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार