पछिल्लो २४ घण्टामा ४ सय ६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १२,७७२ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  564 पटक हेरिएको


काठमाण्डौं, असार १४ ।  

नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ४ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

आज थपिएका मध्य एक सय ५ महिला रहेको छन भने बाँकी पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोनाबाट हाल सम्म २८ जनाको मृत्यु भईसकेको छ ।

आज एक सय ७९ जना निको भएर घर फर्किएका छन् । जस मध्य १३ जना महिला रहेका छन् । यो सगैँ देशभर निको हुनेको संख्या ३ हजार ३ हजार १३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार