एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षमा युवा उपाध्यक्ष नबिन निउरेको उम्मेद्धारी घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1265 पटक हेरिएको

जापान, असार १४ ।  

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको वरिष्ठ उपाध्यक्षमा नवीन निउरेले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । निउरेले एनआरएनए जापानको (२०२१-२०२३) वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने सामाजिक सञ्‍जालमार्फत निर्णय सार्वजनिक गरेका हुन् । उनले स्मार्ट एनआरएनए, संस्थागत विकास र युवा सहभागिताका लागि उम्मेद्धारी दिन लागेको सामाजिक संजाल जनाएका छन् ।

नेपालको आर्थिक विकास, सामाजिक परिवर्तनको अभियान र प्रवासमा रहेका नेपालीहरुमा समर्पित गैर आवासीय नेपाली संघको हरेक २ वर्षमा हुने अधिवेशन आगामी जुलाई २५ मा जापानमा हुँदै छ । निउरेले एनआरएनए जापानको बृहत्तर सुधारका लागि निर्वाचन संस्थामा दोस्रो पुस्ता, महिला र युवाको संलग्नता, विद्यार्थी केन्द्रित कार्यक्रम, अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा मैल सुधार गर्न सक्ने सम्भावित कार्यक्रमको बारेमा स्पष्ट योजनासहित आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि प्रस्ट्याएका छन् ।

उनले संस्थालाई नेपालको राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरी जापानमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागि भूमिका खेल्नु सबैको दायित्व भएको उल्लेख गरेका छन् । निउरे २०११-२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३-२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५-२०१७ मा कान्तो कै सचिव, २०१७-२०१९ कान्तो संयोजक र हाल एनआरएनए जापानको युवा उपाध्यक्ष छन् । सामाजिक संजालमा युवापिडिको केन्द्रमा रहेको नबिन न्युरे सबैको रोजाईमा रहेको छ । क्षेत्रिय संयोजकहरुले समेत सर्वसम्मत बनाउन पहल गर्नुपर्ने बताएका कारण पनि नबिन न्युरेको सम्भावना प्रबल रहेको जापानबासकिो बुझाई रहेको छ । शालिन र बौद्धिक ब्यक्तित्वको छाप छोड्न सफल ब्यक्तित्व नबिन निउरे एनआरएनए अभियानको पुराना र अनुभबि ब्यक्तित्वका रुपमा समेत परिचित छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार