एम आर आर जापान र कुमामोतो नेपाली समाजद्वारा ६ जना नेपाली मूर्तिकारहरु सम्मानित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  661 पटक हेरिएको

जापान, असार १३ ।

“पर्देशमा मर्दा होस या पर्दा होस ,मलाई तपाई र तपाईलाई म चहिन्छ “भन्ने भावनाका साथ स्थापना गरिएको कुमामोतो नेपाली समाज र एमआरआर जापान र कुमामोतो नेपाली समाज द्वारा विश्वकै सबैभन्दा ठूलो बुद्धको ढुंगाको मूर्ति निर्माण गरिरहनुभएको ६ जना नेपालीलाई एक समारोहका साथ सम्मान गरेको छ । एमआरआर जापान र कुमामोतो नेपाली समाजद्वारा सम्मानीत ६ जना नेपाली मूर्तिकारहरुको समूहले सन् २०१६ सेप्टेम्बर देखि जापानको कुमामोतो जिल्लाको खामीआमाकुशाको एक बिशाल चट्टानी पहरामा यो शताब्दीमै विश्वकै सबैभन्दा ठूलो बुद्धको ढुंगेमूर्ति निर्माण गरिरहनुभएको छ ।

नेपालमा पनि मूर्तिकला क्षेत्रमै लामो समयदेखि साधना गरीरहनुभएका वहॅाहरुको टोलीमा मोरंग मञ्जुल मितेरी, चतुरलाल राजवंशी, गणेश राई, रामकुमार राई, सुवास बिश्वकर्माका साथै सुनसरीका जीवन पौडेल हुनुहुन्छ भने यस बिशाल बुद्धमूर्ति निर्माणको नेतृत्व मञ्जुल मितेरीले गरीरहनुभएको छ । नेपाली ललितकलाको इतिहासमा अरनिको पश्चात नेपाली ललितकलाको महिमालाई बिश्वमाझ चिनाउने यो दोश्रो अवसर भएको मूर्तिकार मितेरीले बताउनुभयो ।

जापानको यो बुद्धमूर्ति निर्माणको दौरानमा स्थानीयहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य बुझाउन पाउॅदा गर्व लागेको कुरा सो मूर्तिकारको टोलीले बतायो । ७० फूट उचाई र २०० फूट चौडाईमा फैलिएको एक बिशाल चट्टानी पहरामा बुद्ध सहित जम्मा ७ वटा बिशाल मूर्तिहरु खोपीरहेका यी नेपाली मूर्तिकारहरुले अब दुई बर्षभित्रमा उक्त काम सक्ने बताउनु भएको छ । बुद्धमूर्तिको उचाई ७० फूट छ भने मूर्तिहरु ४० फूटका २ वटा र २५ फूटका ४ वटा छन् । जापानकै ठूला बुद्धमूर्तिहरुमा पनि गनिने यो मूर्ति त्यस क्षेत्रको पर्यटकीय आकर्षण बन्न गईरहेको छ । जापान बसाईको दौरानमा यसरी पहिलो पटक सम्मानित हुन पाउॅदा अत्यन्तै खुशी लागेको र थप हौसला मिलेको मितेरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार