नेपाल पछिल्लो २४ घण्टामा ५५४ संक्रमित थपियो, कुल संक्रमित संख्या १२ हजार ३०९ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  585 पटक हेरिएको

काठमाण्डौं, असार १३ ।

नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा आज देशभरका २३ वटा प्रयोगशालामा भएका परीक्षणमा ५ सय ५४ संक्रमित थपिएका छन् । जस मध्य महिला एक सय २० रहेका छन भने पुरुष ४ सय ३४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र  पाँच सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । आज रसुवामा समेत संक्रमित फैलिए सगैँ देशको ७७ वटै जिल्लामा कोरोना पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष  गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् ।  यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो ।

शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ भने २८ सय बढी डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार