गण्डकी प्रदेशमा बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमित संख्या ८३८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  655 पटक हेरिएको

काठमांडौ, असार १३ । 

गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै ३ जिल्लामा थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङ ढोरपाटनका १ जना, काठेखोलाका ७ जना, स्याङ्जा पुतलीबजार, अर्जुनचौपारी, बिरुवा र वालिङका गरी २२ जना र नवलपरासीका २ जना रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

निर्देशनालयका अनुसार संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । पछिल्लो समय गंडकी प्रदेशमा कोरोना संक्रमण तिब्र रूपमा बढ़ीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार