कोरोना संक्रमणका कारण कैलालीको ५० बर्षिय पुरुषको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  474 पटक हेरिएको

चितवन, असार १३ । 

चितवनमा आज (शनिवार) थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । उनि फोक्सोको क्यान्सरका विरामी थिए ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सारिएको थियो । उनको आज विहान ७ बजे मृत्यु भएको भरतपुर अस्पताल कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए ।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको यस अघि नै मृत्यु भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार