काठमाण्डौँ, असार १३ ।
नेपाली राजनितिको पछिल्लो घटनाक्रमले नेपाली युवा तथा राजनितिमा लागेका युवा पिडिहरुमा निराशा छाएको छ । भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको कार्यक्रम भिजन संबादमा बाल्दै नेकपा एमालेका युवा नेता तथा युवा संघ नेपालका पाँचथर जिल्ला ईन्चार्ज प्रेम प्रकाश कुरुङ्गबाङ्गले पछिल्लो राजनितिक परिघटनाले निराशा सृजना गरेको बताएका हुन । नेकपाको एकतालाई भङ्ग गर्दै टुक्रिएको नेकपा हाल नेकपा माओबादी केन्द्र र नेकपा एमालेमा बिभाजित भईसकेको अबस्था छ । सम्माननिय प्रधानमन्त्रि के.पी शर्मा ओलिले पार्टी भित्रको अन्तरसंघर्षबाट सृजित समस्याका कारण राष्ट्रलाई नै बन्दि बनाउन पुगेको बताउदै ओलिमा बहुमतको दम्भले पार्टी भित्रका शिर्ष नेताहरुलाई समेत बेवास्ता गर्ने प्रबृतिले यो दिन आएको बताउनु भयो । पार्टी भित्रको अन्तरसंघर्षका कारण जनप्रतिनिधि मुलक संस्था संसदको बिघटन गर्नु अपराध भएको जनाउर्दै प्रधानमन्त्रिले गरेको अपराधलाई सर्बोच्च अदालतले सच्याउनेमा बिश्वस्त रहेको बताए ।
पार्टीभित्र म नै सबै हो मेरो निर्णयमात्र बैधानिक मान्ने प्रधानमन्त्रिको अधिनायकबादी सोच नै पार्टी बिभाजनको मुल जड भएको र त्यसलाई समाधान गर्न पनि पार्टी अध्यक्ष तथा प्रधानमनित्र ओलि लचक हुनु पर्ने बताउनु हुन्छ । नेकपा बिभाजन भईसकेपछि पनि पार्टी भित्र समानान्तर गतिबिधि गर्दै आईरहेको नेपाल पक्षधरहरु जेठ २ नै अन्तिम बिकल्प रहेको बताउदै आइृरहेका नेता तथा कार्यकर्ताहरु ओलिले आफ्ना गल्ति कमिकमजोरीलाई स्वीकार गर्दै आफुबाट भएका राष्ट्रघाति निर्णयहरु सच्याउनु पर्ने बताउनु हुन्छ ।
पार्टी भित्र देखिएको अन्तसंघर्ष प्रधानमन्त्रि ओलिको अहमता त्यसबाट सृजित गतिबिधि सच्याउन र पार्टीलाई मजबुद बनाउदै प्राप्त उपलब्धि रक्षाको लागि संघर्ष भएको बताउदै आगामी दिनमा पनि नसच्चिए ओलिलाई आगामी दिनमा बिपक्षी गठबन्धनसंगको सहकार्यमा पत्तासाफ पार्ने निश्चित रहेको बताउनु हुन्छ । बिपक्षी गठबन्धनसँग सहकार्य गर्दै आईरहेका माधब नेपाल पनि ओलिको असंबैधानिक गतिबिधि र ओलिको अहमतालाई साईजमा ल्याउन र सत्ता र शक्तिबाट बिस्थापित अपरिहार्य भएको भन्दै प्रधानमन्त्रिमा बिपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्रिमा समर्थन जनाई सकेका छन । बिपक्षी गठबन्धनले बारम्बार प्रधानमन्त्रिको असंबैधानिक कदमलाई सर्बोच्च अदालतले सच्याउनै पर्ने बताउदै आएका छन । पछिल्लो प्रधानमन्त्रि ओलिको ब्यबहारले पार्टी र झण्डा भन्दा माथि राष्ट्र भएकोले प्राप्त उपलब्धिको रक्षाको लागि पनि बिपक्षी गठबन्धनसँगको सहकार्य भएको जनाएको छ ।
युवासंघका युवा नेता प्रेमप्रकाशसँग गरिएको कार्यक्रम भिजन संबाद अन्तवार्ता हेर्न तल क्लिक गर्नुहोला ।