सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  139 पटक हेरिएको

काठमाडौं, असार १२ ।  

अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेल र रिजाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयद्धारा जारी पत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार