जापान, असार ११ ।
जापानको फुकुओका सिटीमा बसोबास गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुको लागी कोभिड-१९ खोप सम्बन्धि जानकारी फुकुओका सिटीले जारी गरेको छ । फुकुओका सिटीको आधिकारीक वेबसाइटको जानकारी अनुसार फुकुओका सिटीले जुन ३० तारिक वाट ६४ वर्ष र सो भन्दा कम उमेरका सबै बासिन्दा(बिदेशी पनि)हरुको लागी कोभिड-१९ खोप टिकट( せっしゅけん) हुलाक मार्फत पठाउदै छ।
कोभिड-१९ खोप टिकट प्राप्त गरेपछि खोपको लागी बुकिंग(よやく) गर्नु पर्छ। बुकिंग सुरु गर्न मिल्ने समय उमेर समुह अनुसार छुट्टाईएको छ। बुकिंग गर्दा र खोप लगाउने बेलामा खोप टिकट को आवश्यक पर्छ।
समुह बुकिंग गर्न मिल्ने समय
—— —————————
दिर्घरोग भएका व्यक्ति : अग्रिम दर्ता गरेको खण्डमा खोप टिकट प्राप्त भएपछि तुरुन्त
६०-६४ वर्ष : खोप टिकट प्राप्त भएपछि तुरुन्त
५०-५९ वर्ष : जुलाई १२ तारिक सोमबार बिहान ८:३० बाट
४०-४९ वर्ष : जुलाई १५ तारिक बिहीबार बिहान ८:३० बाट
३०-३९ वर्ष : जुलाई १९ तारिक सोमबार बिहान ८:३० बाट
१६-२९ वर्ष : जुलाई २२ तारिक सोमबार बिहान ८:३० बाट
दिर्घरोग मा कुन कुन रोगहरु पर्दछन र दर्ता कसरी गर्ने भन्ने बारेमा फुकुओका सिटीले तलको लिंकमा नेपाली भाषामा पनि जानकारी राखेको छ। (*अन्तर्निहित रोग भनेर लेखिएको छ।)
https://www.city.fukuoka.lg.jp/data/open/cnt/3/82798/1/0611NE_kisosikkan.pdf?20210611151811
खोपको लागी बुकिंग ३ तरिका वाट गर्न सकिन्छ।
१. इन्टरनेट बुकिंग :
बिस्तृत जानकारी तलको लिंकमा उपलब्ध छ। (जापानिज भाषामा)
https://www.city.fukuoka.lg.jp/data/open/cnt/3/80960/1/navi6.1.pdf
२.टेलिफोन वाट बुकिंग
फुकुओका सिटीको कोरोना खोप सेन्टर मा सम्पर्क गरेर बुकिंग गर्न सकिन्छ। सम्पर्क नम्बर : ०९२-२६०-८४०५ ( प्रत्येक दिन बिहान ८:३० देखि दिउसो ५:३० सम्म) नेपाली भाषामा पनि कुरा गर्न सकिने नेफिन क्यूशु तथा एनआरएनए क्यूशुकासल्लाहकार प्रदिप श्रेष्ठले जानकारी गराउनु भएको छ । कोरोना भाईरसको खोप लगाउनु अघि खोपको लागि निश्चित मापदण्ड तोकीएकोले सोही मापदण्ड बमोजिम बुकीङ गरी खोप लगाउन सकिने फुकुओका केनको अधिकारिक वेबसाईटमा समेत उल्लेख गरीएको छ ।
३.क्लिनिकमा बुकिंग
कोभिड-१९ खोप उपलब्ध भएको क्लिनिकमा गएर पनि बुकिंग गर्न सकिन्छ। खोप उपलब्ध हुने फुकुओका सिटीका क्लिनिकको नामावली:
https://www.city.fukuoka.lg.jp/data/open/cnt/3/80960/1/zenshi.pdf?20210624160042
नोट:
माथिको जानकारी फुकुओका सिटी वेबसाइटको तलको लिंक बाट जून २५ तारिक सम्ममा राखिएको जानकारीको आधारमा तयार गरिएको हो। यो लिंकमा खोप सम्बन्धि जानकारी हरु अपडेट भैरहने भएकोले समय समयमा चेक गर्नुहोला।
https://www.city.fukuoka.lg.jp/hofuku/coronavaccine/wakutin.html
नेपाली भाषामा पनि तलको लिंकमा जानकारी राखिएको छ, तर समयमा अपडेट नहुने हुदा नयाँ जानकारीहरु नहुन सक्छन।
https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/COVID19vaccine_NE.html
फुकुओका सिटी भित्र अहिले हामी नेपालीहरुको संख्या निकै धेरै छ। धेरैलाई जापानिज भाषामा समस्या छैन, तैपनी जापानिज भाषा पढ्न र बोल्न नसक्नेहरु पनि हुनुहुन्छ। भाषागत कठिनाईले खोप समयमा लगाउन नपाउने स्थिती पनि आउन सक्छ। सबैले आ-आफ्नो ठाउँवाट सकेको सहयोग गरौ।