जापान, असार ११ ।
नेपाल आदिबासी जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिका नवनिर्वाचित अध्यक्ष रोषन कुमार राईले नेफिन क्युस्यु २ स्पष्ट कार्ययोजना सहित अघि बढेको जनाएको छ । भिजन अनलाईन न्युजद्धारा आयोजना गरेको कार्यक्रम भिजन संबादमा बोल्दै नेफिन क्युस्यु क्षेत्रिय कार्यसमिति तत्कालिन योजना र दिर्घकालिन योजनाका साथ अघि बढेको स्पष्ट पारेको छ । जापानको फुकुओकामा बिभिन्न जातीय संस्थाहरुको नेतृतवमा रहि बिभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाल आदिबासी जनजाति महासंघले जापानमा रहेका आदिबासी जनजातिका सवाल मात्र नभई समग्र नेपालीहरुको समस्यालाई साझा समस्याको रुपमा लिई त्यसको समाधान गर्न अग्र पक्तिमा रहेर नेतृत्व गर्ने पनि बताएका छन ।
भिजन अनलाईन न्युजको नियमित कार्यक्रम भिजन संबादमा कुरा गर्दै नेफिन क्युस्युको योजना सहितको योजनाहरु प्रस्तुत गरेको हो । गैरजनजातिहरुले जनजाति समुदायलाई हेर्ने दृष्टिकोष परिवर्तन हुन जरुरी रहेको समेत बताएको छ । जनजाति कुनै पनि दलगत संगठन नभई जातिय संस्थाहरुको साझा संस्था रहेकोले यसले समाजमा रहेको असमानताको बिरुद्ध लड्ने र जापानको परिबेशमा भन्ने हो भने जनजाति अन्तर्गत रहेको बिभिन्न जातिहरुको भाषा, संस्कृति र भेषभुषाको संरक्षणका साथसाथै बिदेशको भुमिमा आफ्नो पहिचानलाई बिश्बभरि चिनाउन महत्वपुर्ण भुमिका निर्बाह गर्न नेतृत्वदायि भुमिकामा रहि काम गर्ने बताए ।
पछिल्लो समय जापानमा आदिबासी जनजातिहरुको उपस्थिति बाक्लो रहेको र उनिहरुलाई एकिकृत गरी सामाजिक काममा लाग्न प्रेरित गर्न पनि आदिबासी जनजाति महासंघले नेर्ततवदायि भुमिका निर्बाह गर्ने बताए । आगामी दिनमा नेफिन क्युस्यु बिश्वभरी छरिएर रहेका आदिबासीहरुसँग छलफल गरि राष्ट्रको लागि बृहत योजना तयार गर्ने र एक निश्चित आबश्यकता र क्षेत्रको पहिचान गरि लगानी गर्ने योजनामा रहेको समेत बताए । नेफिन क्युस्युले बिश्वभरि रहेको आदिबासीहरुको नेतृत्वदायि भुमिकाका लागि जापानका अग्रजहरुसँग पनि छलफल गर्ने र नेफिन ईन्टरनेशनल डेभलपमेन्ट फन्ड खडा गरि बिकास निर्माण कार्यमा सरकार तथा सम्बन्धित निकायहरुसँग समन्वय गरी काम गर्ने कार्ययोजना रहेको पनि भिजन संबाद कार्यक्रममा बताउनु भयो । यसका लागि नेफिन क्युस्यु एक भएर लाग्ने समेत जनाए ।
जापान र नेपालमा रहेका नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले आपतकालिन राहत तथा शिक्षा सहायता कोष पनि खडा गरेको जनाएको छ । नेपाल भित्र र जापानमा रहेका नेपाली बिद्यार्थी तथा अन्य समुदायमा देखा परेका समस्या समाधान गर्न र सहयोगको लागि उक्त कोष गठन गरेको बताएका छन ।
हेर्नुहोस भिजन संबाद कार्यक्रमको अन्तरवार्ता :