आज ६ सय ५१ जनामा संक्रमण पुष्टिसंगै कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  549 पटक हेरिएको

काठमाण्डौं, असार १० ।

नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रममा आज एकै दिन ६ सय ५१ जनामा नोबेल कोरोना भाईरसको संक्रमण देखिएको छ । देशभरका २२ वटा प्रयोगशालामा ७ हजार बढीको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । जस मध्य महिला ११० र पुरुष ५१९ रहेका छन् । यो सगैँ देशभर संक्रमितको संख्या अहिले सम्म  १० हजार ७ सय २८ पुगेको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोनाबाट हाल सम्म २४ जनाको मृत्यु भईसकेको छ भने २३ सय ३८ जना डिस्चार्ज भएका छन् । जस मध्य आज मात्रै एक सय १४ जना निको भई डिस्चार्ज भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार