काठमाडौं, असार ९ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गरेको हो ।
नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७, डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ । निगमले यसअघि जेठ २२ मा पनि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको थियो ।
आयल पनगमद्धारा जारी प्रेस बिज्ञप्ति :-