पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएसंगै संक्रमित संख्या १० हजार ९९ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  956 पटक हेरिएको

काठमाडौं, असार ८ ।   

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर थपिने क्रम रोकिएको छैन । आज मात्रै पछिल्लो २४ घण्टामा देशभर २४ वटा प्रयोगशालामा भएको परीक्षणबाट ५ सय ३८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगँै नेपालमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८३ हजार तीन सय ७१ जनाको परीक्षण भएको जनाएको छ ।

आज अन्य दिनको तुलनामा कम डिस्चार्ज भएका छन् । आज देशभरबाट ८ महिला सहित ७६ जना कोरोना मुक्त भएका छन् । यो सगैँ कोरोना संक्रमितको कुल संख्याको २२ सय २४ जना कोरोना जितेर घर फर्किएका छन । त्यस मध्य एक सय ८९ महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार