नेफिन कान्साई क्षेत्रिय कार्यसमितिको पहिलो अधिबेशन सम्पन्न, अध्यक्षमा भबिन्द्र कुलुङ्ग राई सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  704 पटक हेरिएको

जापान, असार ९ । 

आज नेपाल आदिवासी जनजाती महासंघ कान्साई क्षेत्रीय कमिटिको प्रथम अधिवेशन महासंघका संघीय अध्यक्ष जगत बराम ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । हिजो भएको अधिबेशनबाट भबिन्द्र राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघको क्षेत्र बिस्तार गर्ने क्रममा कान्साई क्षेत्रिय कार्यसमिति ७ औँ क्षेत्रको रुपमा बिस्तार गरेको हो । नेपाल आदिबासी जनजाति महासंघ केन्द्रका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोबिन्द छन्त्याल,आङकाजी शेर्पा, (आदिवासी जनजाती अभियान्ता), केन्द्रिय सदस्य नेकपा (माओवादी केन्द्र )अजम्बर काङमाङ राई, नेफिन जापानका पुर्व अध्यक्ष NRNA अभियान्ता ओम गुरूगँ ज्यु, NRNA जापानका कार्यवाहक अध्यक्ष अनिता गुरूगं, जसपा जापानका अध्यक्ष पेम्बा शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, NRNA जापानका प्रवक्ता शिदार्थ श्रेष्ठ, नेफिन क्यस्यु क्षेत्रिय कार्यसमितिका अध्यक्ष रोशन राई, सचिब तथा भिजन अनलाईन न्युजका संचालक/प्रमुख सम्पादक सन्तमान शाक्य , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)जापानका अध्यक्षस् फुर्वा शेर्पा, एनआरएनए जापान क्युस्युका संयोजक अर्जुन थापा लगाएत जापानमा रहेको विभिन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको सघन उपस्थितिमा भर्चुवल जुमबाट प्रथम अधिबेशन सम्पन्न भएको हो ।

प्रथम अधिवेशनबाट भविन्द्र कुलुङ राईको नेतृत्वमा २२ सदस्यीय क्षेत्रिय कमिटि गठन गरिएको हो । निर्वाचित कार्यसमितिका संयोजक भविन्द्र कुलुङ राई कार्यकूममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अतिथि, अतिथिहरुलाई धन्यबाद गर्दै आफ्नो कार्ययोजना समेत पेश गरेका थिए । आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा सहित यस कार्यक्रम सफल पार्नको लागि उपस्थित सम्पूर्ण अतिथि ज्युहरू,विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने आदरणीय व्यक्तित्वहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यबाद ब्यक्त गरेका थिए ।

नेफिन कान्साई क्षेत्रीय कमिटिले आगामी दिनहरूमा आदिवासी जनजाती समुदायको क्षेत्रमा रचनात्मक कार्यक्रमहरु मार्फत सकारात्मक भूमिका निर्वाह गर्ने नेपाली समुदायमा नेफिनलाई फरक र नेतृत्वदायि भुमिकाको संस्थाको रुपमा बिकास गर्ने पनि अध्यक्ष राईले जानकारी गराए । उक्त कार्यक्रममा उपस्थित बिभिन्न ब्यीक्तहरुले आफ्नो धारणा राखेका थिए । त्यस्तै आदिबासी जनजाती महासंघका निवर्तमान अध्यक्ष तथा अभियान्ता आङ्गकाजी शेर्पाले आफ्नो अस्तृत्व रक्षाको लागि अझै लड्नुपर्ने भन्दै कडा अभिब्यक्ति दिदै आफ्ना भनाई राखेका थिए ।

नव निर्वाचित नेफिन कान्साई कमिटीमा अध्यक्ष भबिन्द्र कुलुङ राई, उपाध्यक्षमा क्रान्ति तामागँ  र रजन्ती साम्पागं राई(महिला), सचिवमा लोकमान पुनमगर सर्वसम्मत निर्वाचित भएका छन । यस्तै सह–सचिव दुर्ज धिमाल, कोषाध्यक्षमा आनन राई, सह–कोषाध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा देउमान तमाङ, सम्झना राई, सुबाश कोही राई, विशाल राई, सुरज चौधारी, पुनम चौधारी, निरा श्रेष्ठ, देबेन्द्र गुरुङ, नरेन मोक्तान, मधु गुरुङ, लगन राई, सुरज राई, विनोद लामा, मिलन लिम्बु निर्वाचित भएका छन । हिजोसम्पन्न कान्साई क्षेत्रिय कार्यसमितिको पहिलो अधिबेशनबाट निर्वाचित अध्यक्ष भबिन्द्र राई लगायत सम्पुर्ण नवनिर्वाचित कार्यसमितिलाई भिजन अनलाईन न्युज परिवार कार्यकाल सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार