काठमाडौं, असार ७ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज पार्टीको पहिलो वार्षिक उत्सव नयाँ पार्टी कार्यालयमा भव्यताका साथ मनाएका छन । रास्वपा समेतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले रास्वपाको केन्द्रीय कार्यालय पुगेर बिहीबार घन्टी बजाई कार्यक्रममा सहभागी भएका छन ।
जस्तो कि, एकताका प्रचण्डका सारथि रहेका बाबुराम भट्टराईले त रास्वपा वार्षिकोत्सव समारोहमा ठोकुवा नै गरिदिए– ‘०८४ को चुनावमा नयाँ दलले सरकार बनाउँछ ।’ बाबुरामले नयाँ दल भने, ‘नयाँ शक्ति’ भनेनन् । सबै नयाँ दलको नियति ‘नयाँ शक्ति’ जस्तै हुँदैन । एमाले अध्यक्ष केपी ओली लगायत शक्तिशाली शीर्षहरु सबै रास्वपा मुख्यालय पुग्नुले एक वर्षभित्रै यसले बढाएको राजनीतिक घनत्व महसुस गर्न सकिन्छ ।
रवि लामिछानेको नेतृत्वमा पोहोर असार ७ मा खुलेको रास्वपाले एक वर्षको उल्लास मनाउँदै गर्दा नेपालका स्थापित शक्ति, व्यक्ति घन्टीघर पुगी पार्टी सभापति रबी लामीछानेलाई बधाई तथा शुभकमाना दिएका थिए । नयाँ कार्यालयमा राखिएको घन्टीको रालोमा टिङटिङ बजाए । उनीहरुले मंसिरको आम चुनावदेखि वैशाखको उपचुनावसम्म रास्वपाले देखाएको शक्ति सम्झना गरे । उक्त वार्षिक समारोह तथा शुभकमाना कार्यक्रममा राजनीतिक दलका शीर्ष नेता, प्रशासनिक व्यक्तित्व, सुरक्षा निकायका शीर्ष व्यक्तित्व, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका थप फोटाहरु