चर्चित गायक हेमन्त शर्मा र एलिना चौहानको आवाजमा “ए मेरो असफल मायालु” सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  506 पटक हेरिएको

काठमाण्डौँ, असार ७ ।  

चर्चित गायक हेमन्त शर्माले “ए मेरो असफल मायालु” बोलको नयाँ गीत युबट्युबबाट सार्वजनिक गरेका छन् । शर्माले सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । बिश्व कोरोना भाईरसबाट आक्रान्त भई रहेको अबस्थामा यसको प्रत्यक्ष असर मानब जगत देखिएको छ । कोरोना भाईरसबाट सबै भन्दा प्रभाबित क्षेत्र मध्य रहेको कलाकारिता तथा सिने क्षेत्रमा यसको प्रभाब धेरै देखिएको छ । कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै सामान्य भिडियो निमाृण गरि दर्शक स्रोता माझ ल्याएको गायक शर्माले बताए ।

गीतमा शब्द र संगीत गायक शर्मा स्वयंको रहेकोे छ भने उनलाई महिलाको आवाजमा गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीति भिडियोमा अभिनय पनि शर्मा र चौहानकै रहेको छ । गीतमा म्युजिक एरेन्जिङ कृष्ण विकले गरेका हुन भने अडियो मिक्सरको भूमिका श्यामश्वेत रसाइलीले निभाएका छन् । भिडियोको निर्देशन भने निपेश खड्काले गरेका हुन् । भिडियो सार्वजनिक गरिसकेपछि फेसबुक मार्फत प्रत्यक्ष प्रसारणमा आई दर्शक श्रोताको प्रतिक्रिया लिएका थिए ।

“महामारी नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको हुनाले सोचे जस्तो भिडियो छायाङ्कन गर्न नसकिएकोले सामान्य भिडियो बनाएको छु गायक शर्माले बताए । न्यूनतम स्रोत साधन स्वास्थ्य मापदण्ड प्रयोग गरी भिडियो निर्माण गरिएको पनि बताएका छन । तपाईंहरूलाई चित्त बुझेन भने यस पटकलाई क्षमा दिनुहोला”, फेसबुक लाइभमा दर्शक स्रोताहरुलाई उनले भनेका छन् । यस्तै, जस्तोसुकै विपद्को अवस्थामा पनि आशावादी हुन आवश्यक रहेकोमा उनले जोड दिएका थिए ।

गायक शर्माको गीतको भिडियो हेर्न तल क्लिक गर्नूहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार