जापान, असार ७ ।
बिश्व कोरोना संक्रमणबाट आक्रान्त भई दुई वर्ष लामो व्यावसायिक संकट पार गर्दै भर्खर सहज रूपमा अगाडी बढ़न थालेको छ । लामो कोरोना संक्रमण पछि नेपाली व्यवसायीहरूको वर्तमान अवस्था, चुनौती सहित जापान सरकारले जारी गरेको नियमहरुका बारेमा नेपाली ब्यवसाय संघ (NBA) जापानले नागोयामा ब्यवसाय गरिरहेका नेपाली ब्यवसायीसग बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जापानमा रहेका नेपाली ब्यबसायीहरूको सस्था नेपाली ब्यबसायी संघ (NBA) जापानले आयोजना गरेको एकदिने अन्तरक्रियाकार्यक्रममा कोरोना पछि जापान सरकारले लिएको करको निति, ब्यवसाय बृद्दीका योजनाहरु एवं सहुलियत ऋणको भुक्तानीलगायतका विषयमा अन्तरक्रिया गरिएको नेपाली ब्यवसायी संघ(NBA)जापानका अध्यक्ष विजेश थकालीले जानकारी दिनु भएको छ।
अन्तरक्रिया कार्यक्रममा नागोयामा विभिन्न ब्यवसाय संचालन गरिरहेका नेपाली ब्यबसायीहरूले कोरोना संक्रमण समयावधिमा देखापरेका नकारात्मक सकारात्मक पक्षहरू, ब्यवसायको अवस्था एवं कोरोनाले पारेकोले पारेको प्रभावका बारेमा गोविन्द श्रेष्ठ, भवानी पन्त , यम खत्री, पारसमणि पोखरेल , दीपक कार्कि ,डिलाराम खरेल , टंक गैरे , आत्माराम गैरे लगायतले आफ्नो धारणब्यक्त गरेका थिए ।
कार्यक्रममा जापान सरकारले व्यवसायीहरूलाई प्रदान गरेको अनुदान तथा सहुलियतपूर्ण ऋण लगायतका विषयहरुलाई हेलचक्राईगरेर समस्या निम्ताउनु भन्दा नियमसंगत जिम्मेवारीका साथ सहजिकरण र सजग हुनुपर्नेमा जोड दिएको छ । जापान सरकारले लिएको नितिएवं योजनाहरु बाट नेपाली ब्यवसायीले लिन सक्ने लाभ र आउन सक्ने विविध समस्याहरुको समाधानका लागि नेपाल व्यवसायीसंघ(NBA) ले सबै प्रकारका सहयोग प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गरिएको एनबिए जापानका वरिष्ट उपाध्यक्ष दघिवल खडाकले बताउनुभयो ।
संघका अध्यक्ष बिजेश थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपालीले संचालन गरेको दियालो रेष्टुरेन्टको हलमा सम्पन्न भएकोथियो । संघको नागोया क्षेत्रबाट नर बहादुर थापा संयोजक र अर्जुन के सी सह-संयोजक रहनेगरी नागोया सम्पर्क समिति गठन गरीएको छ।
नागोयामा सम्पन्न कार्यक्रममा टोकियोबाट NBA जापानका अध्यक्ष बिजेश थकालीको नेतृत्वमा बरिस्ठ उपाध्यक्ष दधिवल खड़का, उपाध्यक्ष संजीब पोख्रेल , कोषाध्यक्ष नर बहादुर थापा लगायतको सहभागिता भएको कार्यक्रमको सहजीकरण सचिब बाबुराम पौडेलले गरेका थिए ।