नेपाल सरकारको पहलमा युएईबाट १५१ नेपाली लिएर नेपाल उड्यो हिमालय एयरलाइन्सको जहाज

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  762 पटक हेरिएको

युएई, असार ७ ।  

कोरोना भाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ५१ जना नेपाली आज नेपाल फर्किएका छन्। हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट स्थानीय समय अनुसार बिहान ४ः२० बजे १५१ जना स्वदेश फर्किएका हुन्। फर्कनेहरुमा २५ महिला र १२६ पुरुष रहेका छन्।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेकाहरु छन्। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल सरकारले तोकेको ३ सय ८५ अमेरिकी डलर अर्थात् झण्डै ४६ हजार रुयैयाँको टिकट काटेर नेपाल फर्किएका हुन्।

उनीहरुलाई आबुधावी विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो। जसमध्ये तीन जना यात्रुलाई कोरोना पोजेटिभ देखिएकोले उनीहरु नेपाल फर्कन पाएनन्। उनीहरुलाई बिमानस्थलबाट नै होम क्वारेन्टाइनमा पठाइएको नेपाली दूतावास आबुधावी श्रम सहचारी मोतिराम भुसालले जानकारी गराए ।

आजै यूएईबाट नेपाल एयरलाइन्स र फ्लाई दुवईको उडान हुने छन्। समय तालिका परिवर्तन नभए फ्लाई दुबई स्थानिय समय अनुसार बिहान ८ः०० बजे र नेपाल एयरलाइन्सको ११ः१० बजे दुबई बिमानस्थलबाट उडान हुने तालिका रहेको छ। हिजो एयर अरेबियाको जि ९–१७५१ मार्फत युएईको शारहजाबाट १ शिशुसहित २६ महिला र १४२ पुरुष जना स्वदेश फर्किएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार