गण्डकी प्रदेशमा बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा हालसम्म ५०४ संक्रमित पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  552 पटक हेरिएको

काठमाडौं, असार ७ ।  

गण्डकी प्रदेशका चार जिल्लामा आइतबार बिहानै फेरि १६ संक्रमित फेला परेका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै पुरुषहरु हुन् । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् । यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमित छन् ।

पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी स्वास्थ्य निर्देशनालयको प्रेस बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार