जापानको नदीमा पौडी खेल्नेक्रममा दुई नेपाली बालबालिकाको डुबेर मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  97 पटक हेरिएको

जापान, असार ६ । 

बिदाको दिनमा परिवार सहित टोकियो नजिकको तामा नदिमा पौडिन गएका एक नेपाली परिवारमा बज्रपात आईपरेको छ । आईतबार दिनको करिब ४ बजे टोकियो नजिकको हिनो नगरमा रहेको तामा नदीमा डुबेर १३ र १४ वर्षिया २ जना नेपाली बालकहरु नदिमा डुबेर निधन भएको हो ।

टोकियो महानगरीय प्रहरीद्वारा जारी गरेको सूचना अनुसार खोलामा डुबेर मृत्यु हुने बालकहरु नेपाली भएको र ठेगाना सार्वजानकि गरेपनि नाम भने गोप्य राखेको छ ।

प्रहरी दिएको जानकारी अनुसार घटना भएको केहि समयमा नै घटनास्थलमा पुगेर उनिहरुको खोजी गर्दा, करिब ४० मिनेटपछि ति दुबै जना बालकहरु अचेत अवस्थामा भेटिएका थिए । दुबै बालकहरुलाई तुरुन्त अस्पताल लगिएको भएपनि अस्पत्ताल पुर्याउदा दुबै वालकको निधन भईसकेको अस्पतालले जानकारी दिएको थियो ।

जापानमा खोलामा डुबेर निधन भएको पहिलो घटना भने होईन यस अघिपनि नेपाली समुदायक़ा बालबालिका पौडी खेल्नेक्रममा नदिमा डुबेको घटना सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार