नेफिन कोभिड महामारी तथा प्राकृतिक प्रकोप राहत कोष मार्फत बाढीग्रस्त क्षेत्र सिन्धुपालचोकको बिभिन्न क्षेत्रमा राहत बितरण

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  143 पटक हेरिएको

काठमाण्डौँ, असार ६ ।  

आदिबासी जनजातिहरुको साझा संस्था नेपाल आदिबासी जनजाती महासंघले बिश्वका निभिन्न राष्ट्रमा गठित राष्ट्रिय तथा क्षेत्रिय समिति तथा बिभिन्न संघ महासंघको संयुक्त प्रयासमा संकलित राहत रकम बितरण गरिएको छ । गत २०७८ साल असार १ गते सिन्धुपाल्चोक मेलम्ची हेलम्बु क्षेत्रमा भएको बाढी पहिरोको पीडित घर परिवारलाई उद्वार गर्न आदिवासी जनजाति महासंघद्धारा गठित राहत (कोभिड महामारी तथा प्राकृतिक प्रकोप) कोषको आयोजनामा सोलार प्यानल ८ थान, ग्यास चुल्हो सेट १० थान, ब्लाङ्केट २२० थान, टर्च लाइट १२० थान, मास्क, साबुन औषधि, म्याटेर्स लगायतको सामग्री वितरण गरिएको थियोे । घट्नास्थलमा पुग्दा अवस्था एकदम दुखदायी र दयनिय रहेको थियो । अझै बाडी नरोकिएको, मेलम्ची देखि माथी धेरै सानो सानो बस्ती र स्कुलहरु समेत बगेको छ । सयौंको घर परिवार घरबार विहिन देखिन्छ ।

मानव वस्तीहरु हिलोको लेदो अनि बालिको खेत वारि अवशेष भेटिन बति विहिन छ । हेलम्बुको तीन स्थान जहाँ हेलिकप्टर मात्र जान सक्ने स्थिति बनेको छ । हेलिकप्टर बाट नेपाली सेनाले गरेको कार्यप्रती सम्मान छ । अत्यन्तै जोखिम मोलेर हामी हेलम्बुको चुरेखर्क, हल्दे र चालीसेमा वितरण गर्नेगरि हेलम्बु वडा न २ वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण तथा बितरण गरिएको छ । विश्व माहामारी कोरोना कहर सँगै सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाइ सम्मान व्यक्त गर्दछौं । सहयोगि संस्था आदिवासी जनजाती महासंघ नेपाल, आदिवासी चलचित्र महासंघ, आदिवासी जनजाति महिला महासंघ,आदिवासी जनजाति अपाङ्ग महासंघ, विदेश स्थिति महासांघ, आदिवासी जनजाती युवा महासंघ, आदिवासी जनजाति कानुनी महिला सचेतना समूह, आदिवासी जनजाति पत्रकार महासंघ लगायत जनजाती संस्थाहरु सम्पूर्ण सहयोगि संस्थाहरुमा धन्यवाद ।

हेलम्बु गाउँपालिका वडा नम्बर २ वडा अध्यक्षअनुसार खाध्यान सामाग्री तत्काल पूरा भएको स्टोर गरि राख्दा डेट अफ हुने आवश्यक सामग्री भाडाहरु लताकपडा लगायत दैनिक प्रयोग गरिने आधारभुत सामग्री बाकिलाइ सहयोग गर्न अपिल गर्नु भएको छ । संकटको बेला हातेमालो गर्न अपिल गर्दै थप सहयोगको लागि समेत सबैमा अपिल समेत गरेको छ । बिभिन्न क्षेत्र र ब्यक्तिको प्रत्यक्ष उपस्थितिमा राहत बितरण कार्य भईरहे पनि प्रयाप्त नभएको पाईएकोले पनि थप सहयोगको लागि आह्वान गर्दछ । हाल बिश्वभरबाट सिन्धुपाल्चोक बाढी पिडितहरुको उद्धार तथा राहतको लागि राहत संकलन कार्य पनि जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार