काठमाण्डौँ, असार ५ ।
भिजन ग्रुपद्वारा संचालन गर्दै आइरहेको भिजन अनलाईन न्युजको सफल अबतरणसंगै अर्को नया प्रयास स्वरूप शुरु गरिएको भिजन क्लासिक इन्टरनेशनल एजुकेशन कन्सलटेन्सि प्रा. लिको शुरूवात गरेको छ । नया वर्ष २०७९ को अवसर पारेर शुभारम्भ गर्ने योजनाका साथ शुरू गरीएको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि.को केन्द्रीय कार्यालय काठमाडौ र शाखा कार्यालय धादिङबेशीमा एकसाथ शुभारम्भ गर्ने तय गरीएको थियो । तर काठमाडौमा केन्द्रीय कार्यालयमा ब्यबस्थापनमा समय लाग्ने र शाखा कार्यालयमा जापनिज भाषा कक्षा संचालन संगै बिध्यार्थीको उपस्थितिमा बृद्धी भए पश्चात तत्काललाई जिल्ला शाखा कार्यालय धादिङ बैशाख १८ गते अर्थात मे १ तारिक बिधिवत रूपमा शुभारम्भ गरी औपचारिक रूपमा कक्षा संचालन गर्दै आईरहेको छ ।
भिजन ग्रुपका संचालक, पारिवारिक व्यक्तित्व, जिल्ला शाखा कार्यालयका प्रमुख लगायत बिध्यार्थीहरुको उपस्थितिमा समुद्घाटन कार्यक्रम सम्पन्न भई हाल जापनिज भाषा कक्षा संचालनमा आईरहेको छ । भिजन ग्रुपको अबधारणा सहित २ वर्ष अघिबाट भिजन अनलाईन न्युजको संचालन गर्दै आएका निर्देशक शाक्यले भिजन अनलाईन न्युजको माध्यमबाट बिश्वभरी छरीएर रहेका एनआरएनए नेपालीहरुसंग पत्रकारीता संगै सम्बन्ध स्थापना गर्न सफल भएसंगै भिजन क्लासिक ईन्टरनेशनल एजूकेशन कन्सलटेन्सिको शुभारम्भ गर्ने सोच बनाएको बताउनु हुन्छ । एक वर्ष अघिबाट संचालन गर्ने तयारीमा रहेपनि बिश्व कोरोना भाईरसको महामारीमा फसीरहेको अबस्थालाई ध्यानमा राखेर ढीलागरी शुभारम्भ गरीएको बताउनु हुन्छ ।
हालै स्थापना गरीएको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा।लिले शुभारम्भमा जापानमा बिध्यार्थी पठाउने तयारी स्वरूप जापानको टोक्यो, ओसाका, नागोया, फुकुओका जस्ता शहरका भाषा बिध्यालायहरुसंग बिभिन्न चरणको छलफल सम्पन्न गरीसकेको र प्रारम्भिक चरणमै फुकुओका, ओसाका, नागोया, ओकिनावा र टोक्योका केहि बिध्यालयबाट अनुमति समेत पाईसकेको छ । केहि बिध्यालयहरुसंग दुई पक्षीय सम्झौताको तयारीमा समेत रहेको निर्देशक शाक्यले बताउनु भयो । प्रारम्भिक चरणमा नै जापानको फुकुओका शहरमा अक्टोबर ईन्टेकको लागि ५ जना बिद्यार्थीको छनौट गर्न सफल भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले २०२३ अप्रिल ईन्टेकको लागि जापानको बिभिन्न शहरमा अन्तवार्ता तय गरिएको कार्यकारी निर्देशक सन्तमान शाक्यले जानकारी गराउनु भयो ।
जापान, अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा समेत उच्च शिक्षाको लागि नेपाली बिध्यार्थी पठाउने योजना बनाईरहेका भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सि परिवारले हाललाई भने जापानलाई पहिलो प्राथमिकतामा राखी बिध्यार्थी भर्ना सुरु गरीएको निर्देशक शाक्यले बताउनु भयो । निर्देशक शाक्य स्वयं हाल जापानको फुकुओका शहरमा बसोबास गर्दै आइरहेका छन । सामाजिक संस्थामा क्रियाशील शाक्य हालसालै मात्र गैरआवासीय नेपाली संग राष्ट्रीय समन्वय परिषद जापानको प्रेस सल्लाहकार समितिको सदस्यमा नियुक्त भएका हुन । शाक्य यस अघि पनि गैर आवासीय नेपाली संघ जापान क्यूशु क्षेत्रिय कार्यसमितिको सहसचिब र नेपाल आदिवासी जनजाति महासंघको दुई कार्यकाल सचिबको भूमिकामा सक्रिय छन । जापानको सबै क्षेत्रका अग्रज नेपालीहरुसंग समानान्तर सम्बन्ध स्थापना गर्न सफल निर्देशक शाक्यले आफ़्नो कन्सलटेन्सिबाट आउने बिध्यार्थीहरुलाई जापानमा केहिहदसम्म सहयोग पुग्ने समेत बताउनु हुन्छ ।
भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सिका संचालकको गृहजिल्ला नै धादीङ भएकोले धादिङ जिल्लाबासि दाजुभाई दीदीबहिनीहरु जो उच्च शिक्षाको लागि जापान आउने सोच बनाईरहनु भएको छ उहाँहरुलाई घरमा बसी जापनिज भाषा अध्ययन गरी सहजै र कम लगानीमा जापान जाने ब्यबस्थाको लागि पनि धादिङमा पहिलो शाखा खोलि संचालनमा ल्याईएको बताउनु हुन्छ । भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सि धादिङ शाखामा भाषा शिक्षकको रूपमा लामो समय जापान बसी N3 लेभल भाषा पास गरेकी प्रबिना रिजाल स्वयम शाखा प्रमुखका साथै जापनिज भाषा शिक्षकको रूपमा रहेकोले पनि विद्यार्थीहरुलाई भाषा सिक्न सहज हुने बताउनुहुन्छ । बिद्यार्थीहरुको सम्पुर्ण भिषा सम्बन्धि काम केन्द्रिय कार्यालयबाट गरिने गरि ब्यबस्थापन भएको र हाललाई केहि कर्मचारीको समेत बिज्ञापनमार्फत नियुक्ति गर्ने तयारी रहेको जनाएको छ । हाललाई शिक्षकको बिज्ञापन गरेको समेत जानकारी गराउनु भयो ।
भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.केन्द्रिय कार्यालय नयाँबजार काठमाण्डौँमा कार्यालय ब्यबस्थापनको काम अन्तिम चरणमा पुगेको र अबको केही समयमा उद्घाटन गर्ने तयारी रहेको पनि जानकारी गराउनु भयो । हाल भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.केन्द्रिय कार्यालय नयाँबजार काठमाण्डौँमा जापनिज भाषा, IELTS, PTE र कम्प्युटर कक्षा संचालन समेत गर्ने तयारी रहेकोले कम्प्युटर ल्याबको तयारीका कारण ब्यबस्थापनमा केही समय लागेकोले उद्घाटनमा केही ढिलाई भएको अध्यक्ष/ सिईओ तथा कलाकार तुलशा कटुवालले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । केन्द्रिय कार्यालयको उद्घाटन केही बिषेश तरिकाले गर्ने तयारीमा रहेको संचालक तथा कार्यकारी निर्देशक सन्तमान शाक्यले जानकारी गराउनु भयो । केही राजनितिक ब्यक्तित्व, शैक्षिक पेशाकर्मी, कलाकार लगायतको उपस्थितिमा बिभिन्न देशका प्रमुख संघसंस्थाका प्रमुखहरुको समेत उपस्थितिमा उदघाटन गर्ने निर्देशक शाक्यले जनाउनु भयो ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।