नेवारी रक्सि ‘ऐला’को ब्रान्डिङ गर्नेदेखि ‘एम्फी थिएटर’ बनाउनेसम्म काठमाण्डौँको निति तथा कार्यक्रममा(पूर्णपाठ)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  109 पटक हेरिएको

काठमाडौं, असार ५ । 

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मेयर साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, पानी पुनर्भरणका लागि सबै कार्यालयहरुका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाउने, महानगरमा ‘एम्फी थिएटर’ बनाउने, महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने, काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्नेदेखि लिएर फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्नेसम्मको उल्लेख छ । यस्तै महानगरले महानगर भित्रका सवारी साधनलाई एकिकृत गरी अण्डरग्राउण्ड बसपार्क बनाउने जस्ता कार्यक्रम पनि निति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

हेर्नुहोस् नीति/कार्यक्रमको पूर्णपाठः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार