संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न झन् सजिलो हुने माधव नेपालको भनाई, पार्टीको निर्णय सरकारले कार्यान्वयन नगरेकोमा असन्तुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  290 पटक हेरिएको

काठमाडौं, असार ५ ।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न सहज हुने बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमहरुसँगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभामा तुलनात्मक रुपमा सजिलो हुने बताएका हुन् ।

‘गठबन्धन गर्न स्थानीय तहमा बढी पेचिलो भयो’ उनले भने, ‘तुलनात्मक रुपमा माथि सजिलो छ । किनभने प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट छ ।’ अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म अहिलेकै सत्तारुढ दलबीच गठबन्धन हुने बताए ।

‘अहिलेको निर्वाचन प्रणालीले नै एक भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्ने दिशातर्फ मुलुकको राजनीति अघि बढिरहेको छ’ उनले भने, ‘आगामी चुनावसम्म गठबन्धन कायम रहन्छ नै त्यसपछि पनि अघि बढाएर लानुपर्ने आवश्यकता छ ।’ यसै क्रममा नेकपा एसले सरकारमा सहभागि आफ्ना मन्त्रिहरुको परिवर्तनलाई प्रधानमन्त्रिले वास्ता नगरेको बताएका छन । पार्टीले निर्णय गरिसकेको बिषयलाई प्रधानमन्त्रिले कार्यान्वयन नगरेकोमा गुनासो रहेको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार