जापान, असार ४ ।
गैर आवासीय नेपाली संघ जापानको बिबादले उग्र रुप लिएको छ । गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देबिलाल भण्डारी माथी लागेको आर्थिक हिनामिना लगायतका जापानमा मृत नेपालीको पैसामाथि भष्ट्राचार काण्डमा मुछेको भण्डारीले हालसम्म कार्यसमिति भित्र र बाहिर पत्रकार सम्मेलनमा समेत आबश्यक प्रमाण पेश गर्न नसकेकोले निज माथि लागेका आरोपको स्पष्ट छानबिन नगरी उक्त आर्थिक अनियमितताको फैसल्ला नभए सम्मको लागि कार्यसमितिबाट निलम्बन गरेको एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्गले जानकारी गराउनु भयो । कार्यसमितिको बहुमत सदस्यहरुको मागलाई समेत ब्यवास्ता गर्दै आएका अध्यक्ष तथा महासचिबको कार्यशैलि समेत संस्थाको बिधान बिपरित रहेको समेत जनाएको छ ।
बारम्बार बैठकको माग गर्दा समेत महासचिबबाट बैठकको आह्वान नगर्ने तथा बहुमत सदस्यले बोलाएको बैठकमा समेत उपस्थित नहुने जस्ता गैर जिम्मेवारी कार्य गरेकोले निजको स्वएच्छाचारी ब्यबहारको समेत बिरोध गरेका छन । हिजो बसेको बहुमत सदस्यहरुको बैठकबाट अध्यक्ष भण्डारीलाई अर्को ब्यबस्था नभएसम्मको लागि निलम्बन गरिएकोले कार्यबाहक अध्यक्षमा अनिता गुरुङ्गलाई तोकेको छ । कार्यसमितिको बहुमत सदस्यहरुको हस्ताक्षर सहितको निबेदनलाई समेत आईसिसिले समेत ब्यवास्ता गरेकोले यथाशक्य चाँडो सुनुवाई गरि आबश्यक कारबाही गर्न समेत अनुरोध गरेको थियो ।
नागेया क्षेत्रिय कार्यसमितिमा देखिएको बिबादलाई समाधान नगरी महासचिबको ठाडो आदेशमा निर्वाचन घोषणा गर्नु, बिपक्षी तथा बहुमत उम्मेद्धारहरुको बिरोध रहदा रहदै निर्वाचन गर्न गराउन लगाईएकोले त्यस बिषयमा स्पष्ठ पानृ समेत आह्वान गरिएकोमा हालसम्म कुनै पनि जबाफ नदिएकोले सो बिषयमा स्पष्टिकरण पेश गर्न बहुमत सदस्यहरुको बैठकले निर्देशन दिएको छ । नागोया क्षेत्रिय कार्यसमितिमा निर्वाचित कार्यसमिति र समानान्तर कार्यसमिति गरी दुई कार्यसमिति गठन गरि कामकार्बाही गरीरहेको छ ।
उक्त बिबादलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले उक्त बिबादलाई निराकरण गर्नुको सट्टा एकले अर्को पक्षलाई दबाएर जाने जस्तो अनैतिक कार्य गरेकोले त्यस बिषयमा जबाफ दिन समेत महासचिबलाई निर्देशन दिएको हो । हिजो बसेको बहुमत सदस्यहरुको बैठकले केन्द्रको घोषित निर्वाचनलाई स्थगित गर्ने निर्णय गरेको छ भने क्षेत्रको भने यथावत अधिबेशन जारी राख्ने निर्णय पनि गरेको छ ।