जापान, असार ४ ।
नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको नाममा जथाभाबी हस्ताक्षर नगर्न साथै संगठनको गलत दुरुपयोग नगर्न अपिल गरेको छ । प्रवासी नेपाली मञ्च जापानमा एमाले सम्बद्द सबैलाई संगठनमा एकताबद्ध हुन अपिल गर्दै संगठनको गलत दुरुपयोग नगर्न अपिल सम्बन्धित सम्पूर्णमा एक विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरेको हो । उक्त विज्ञप्ति अनुसार नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिनाको संघर्षबाट हुर्किएको पार्टीलाई राष्ट्रिय राजनीतिमा देखिएको केही असहजता र अन्यौलताले हामीलाई दुखि बनाईरहेको छ, पार्टी भित्र देखिएका गुट, उपगुट र बिभाजन जस्ता अप्रिय श्रृंखलाको अन्त्य छिट्टै हुने नै छ ।
सिंगो पार्टी र पार्टीका सबै तहका संगठनहरूलाई एकताबद्ध हुन र गराउन हामी सबैको भूमिका हुने हुदा त्यस तर्फ पनि सबैको ध्यानाकर्षण गरेको छ । २०औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित मञ्च जापानको संगठन प्रवासी नेपाली मञ्च जापान मात्र अधिकारिक संगठन भएको सन्दर्भमा दुबिधामा नपरी मन्च ओएनएफ मै आबद्ध रहि एकजुट भएर अघि बढ्न सम्पूर्ण हार्दिक अनुरोध गरेको छ । विज्ञप्ति अनुसार मिति २०७८-२-१९ गतेका दिन जापानमा रहेका राजनैतिक संगठनहरुका भातृ संगठनहरुले प्रकाशित गरेको संयुक्त बिज्ञप्तिमा हाम्रो संगठनको संलग्नता नभएको र कुनै आधिकारिक नरहेको कुराको जानकारी गराएको छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना साथै सिन्धपाल्चोकको मेलम्चीमा आएको प्रकृति प्रकोपमा मृत्युवरण गर्नु भएका सम्पुर्णमा हार्दिक श्रदाञ्जली र दुर्घटनामा परि उपचार गराउनु हूने सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रवासी नेपाली मञ्च जापानका सचिब तथा कार्यालय प्रमुख बिकास पौडेलको नाममा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।