पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७८४८ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  659 पटक हेरिएको

काठमाडौं, असार ४ ।  

पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको र्सख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५र५ जना, पर्वत र दाङका ४र४ जना, बाँके, बर्दिया र गुल्मीका ३र३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २र२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार