सिन्धुपाल्चोक मेलम्ची बाढीमा भारतीय र चिनियाँ नागरिकसहित २० जना बेपत्ता, खोजीकार्य जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  756 पटक हेरिएको

सिन्धुपाल्चोक, असार ४ ।  

मेलम्चीमा मंगलबार राति आएको बाढीमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३ भारतीय र ३ चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको ड्याममा काम गर्ने बिदेशी सहित केहि कामदार पनि बेपत्ता भएको मेलम्ची खानेपानी आयोजना कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्याति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीया ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, सोही गाउँपालिका ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।

त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल सार्की र हेमराज घिमिरे पनि वेपत्ता छन् ।

भारतीय नागरिक कमललोचन महतो, विजय बासुमन्तरी र जिनडाऔ बासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता रहेको प्रशासनको सूचनामा उल्लेख छ । बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार