गण्डकी प्रदेशमा थप ३४ जनामा संक्रमण पुष्टि, संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेसनमा ल्याउने तयारी हुँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  687 पटक हेरिएको

पोखरा, असार ४ ।  

आज गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजा, पर्वत, तनहुँ, बागलुङ र नवलपरासीमा गरी ३४ जनामा बिहीबार नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि विहीबार विहान नै मनाङका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचना अनुसार स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष छन् । बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस देखिएको छ । तनहुँको ब्यास नगरपालिकाका ३ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु २९, २५ र ४५ वर्षीय पुरुष हुन् ।

पूर्वी नवलपरासी समेत १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका उनीहरु १९ देखि ३९ वर्ष समूहका छन् । उनीहरु सबै भारतबाट आएको र सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । उनले सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सुनाए ।

गण्डकीमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । गण्डकीमा बिहीबार बिहानमात्रै ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार