मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै, केहीबेरमा गण्डकी प्रदेशको बैठक शुरु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  497 पटक हेरिएको

पोखरा, असार ४ ।

आज पोखरा स्थित गण्डकी प्रदेशका मूख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेलले आज बिश्वाको मत लिदै छ । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

मनाङ घर भएका मन्त्री दीपक मनाङे, सांसद चिन्त घलेसँगै राहत सामाग्रीसहित स्थलगत निरीक्षणका लागि पुगेका मुख्यन्त्री पोखरेल हेलिकप्टर उड्न नसक्दा बिहीबार उतै रोकिएका थिए । मुख्यमन्त्री चढेर मनाङ पुगेको सेनाको हेलिकप्टर उद्धारमा लागि मनाङमै रोकिएपछि मुख्यमन्त्री अर्को हेलिकप्टर मगाएर फर्किने योजनामा थिए । पोखराबाट गएको हेलिकप्टर मौसमका कारण ल्याण्ड गर्न नसकी बिहीबार पोखरा नै फर्किएको थियो ।

मौसम खुलेपछि शुक्रबार बिहान नेपाली सेनाकै हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल पोखरा फर्किएका हुन् । चाउचाउ, चिउरा र इन्धन बोकेर मनाङ पुगेका मुख्यमन्त्री पोखरेलले स्थतगत निरीक्षण, स्थानीय प्रशासनसँग छलफल गरेर फर्किएको बताए । ४ दिनदेखि परेको पानीका कारण आएको बाढी, पहिरोले मनाङमा १ हजार बढी विस्थापित भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार