भारत र चीनका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, शान्ति चाहेको बिदेश मन्त्रिहरूको स्पस्टोक्ती

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  598 पटक हेरिएको

एजेन्सी, असार ३ ।   

भारत र चीनका सैनिकबीच सिमामा झडपपछि दुई देशका विदेशमन्त्रीबीच टेलिफोनवार्ता भएको छ । दुवै देशका विदेशमन्त्रीले शान्ति कायम राख्नेबारे छलफल गरेका छन् ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेशमन्त्री वाङ ली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच कुराकानी भएको थियो । दुवैले सोमबार लदाखको गेलोन उपत्यकामा भएको झडपमा केन्द्रित भई कुराकानी गरेका थिए ।

ग्लोबल टाइम्सका अनुसार लीले पुनः घटना नदोहोरिने प्रतिवद्धता जनाउन भनेका छन् । उनले घटनाका दोषीलाई कारबाही गर्न समेत भनेको बुझिएको छ । चीनले आफूलाई कमजोर आँकलन नगर्न समेत चेतावनी दिएको उक्त पत्रिकाले भनेको छ ।

सोमबार दुवै पक्षबीच ठुलो हताहती हुने गरी झडपपछि उत्पन्न तनाव कम गर्ने प्रयास अन्र्तगत भारत र चीनबीच विभिन्न तहमा वार्ता अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार