नयाँदिल्ली असार २ ।
भारत र चीन बिच सीमा भएको बिबाद हुदा उक्त बिबाद झडपमा परिणत भएको थियो । दुवैदेशबीच युद्ध भएको ५० वर्ष पछि पुनः तनाव बढेका बेला लद्धाखमा चीन र भारतीय सेनाबीच हिंशात्मक र रक्तपातपूर्ण झडपमा कर्णेंल सहित २० भारतीय सेना मारिएका छन् । हिजो राति लामो समय भएको झडपमा यस अघि दिउसो सम्म तीन जना भनिएकामा अहिले यो संख्या २० रहेको भारतीय उच्च सैनिक स्रोतलाई उद्धृत गर्दै ईन्डिया टुडेले खबर लेखेको छ । मारिनेमा बिहार रेजिमेन्टका कर्णेल सन्तोष बाबु, हवल्दार पालानी र सिपाही कुन्दन झा रहेको पनि सो समाचारमा उल्लेख छ ।
अन्यको नाम पुष्टी भएको छैन । मृतक सैनिकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको सो समाचारले लेखेको छ । द टेलिग्राफले भारतीय सेनाका एक मेजर सहित ३४ जना वेपत्ता भएको दिउसो खबर प्रकाशित गरेको थियो । उनीहरुलाई चीनीया जनमुक्ति सेनाले कब्जा गरेको या मारिएको आशंका टेलिग्राफले गरेको चीनीया सञ्चार माध्यम ग्लोबल टाईम्सले उल्लेख गरेको छ ।
सन् १९६२ को यद्धको शुरुको बेला भएको झडपमा एकै पटक ३३ भारतीय सेना मारिए यता यो नै ठूलो संख्यामा हताहती भएको भारतीय सञ्चार माध्यमहरले लेखेका छन् । भारतीय सञ्चार माध्यमले चीन तर्फ ३ देखि ५ जना जनमुक्ति सेना मारिएको र ११ जना घाईते भएको दाबी गरिए पनि चीनीया सेनाले यस बारेमा कुनै प्रतिकृया दिएको छैन ।
आजै भारतको विदेश मन्त्रालयले गरेको पत्रकरा सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तावले जुन ६ को सम्झौता पालना गरेको भए यत्रो क्षति रोक्न सकिन्थ्यो भन्दै बार्ता मार्फत समाधानको विकल्प जारी राख्ने बताएका छन् । भारतीय विदेश मन्त्रालयले कति संख्यामा सेनाको मृत्यु भएको हो त्यो एकीन गरेन भने चीनीया विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा पनि आज सैनिक हताहतीको कुनै विवरण दिईएन ।
भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो घण्टौ सम्म झडप भएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार ढुंगा प्रयोग गरेर हानाहान भए पनि गोली भने प्रयोग भएको थिएन । झडप स्थलमा दुबै देशका सैन्य अधिकारीहरु पुगेर वार्ता गरी स्थिति साम्य गर्ने प्रयास गरेको बताईएको छ । जुन ६ मा दुबै देशका सैन्य अधिकारीबीच बार्ता भएको थियो ।
लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो । सन् १९६२ को युद्ध पछि पहिलो पटक दुबै देशले हतियार तथा सेनाको केन्द्रीकरण सीमामा तीव्र बनाएका छन् ।