जापान, असार २ ।
यहि जुन ५ तारिक प्रत्यक्ष र जुम भर्चुअल माध्यमबाट सम्पन्न ७ औँ अधिबेशनबाट अर्जुन थापाको संयोजकमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । उक्त कार्यसमितिले ८ सदस्य र ८ सल्लाहकार मनोनित गर्दै कार्यसमितिलाई पुर्णता दिएको छ । गैर आवासीय नेपाली संघ, क्युस्यु क्षेत्रिय कार्यसमितिले पुर्णता पाएको हो । गैर आवसीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति २०२१/२०२३ को पहिलो बैठकले सल्लाहकार एवं सदस्यहरु चयन गरी कार्यसमितिलाई पुर्णता दिएको हो। पहिलो कार्यसमितिको बैठकबाट कार्यसमितिको सदस्यहरुमा बेग बहादुर राना, इश्वर अधिकारी, रोशन भट्टराई, बिमल सापकोटा, रोशन दाहाल, राजन खरेल, उज्ज्वल बनिया (बिद्यार्थी), दिक्षा रैला (महिला) सिफारिस गरेका छन ।
त्यस्तै सल्लाहकारहरु भने नवराज गौतम, आशिष खड्गी, प्रदिप श्रेष्ठ, सुन्दर मणी रेग्मी, कृष्ण खरेल, बाबु गुरुङ, सन्तोष गुरुङ, भाबनाथ गैरेलाई सिफारिस गरेको छ । त्यस्तै अन्य उपसमिति इन्चार्जहरुमा भने शिशिर ज्ञवालीलाई लगानी, नयन कुमार पाख्रिनलाई ब्यबसायिक उपसमिति इन्चार्जमा, दामोदर वस्तीलाई कुमामोतो उपसमिति इन्चार्जमा तोकेका छन भने रमेश शर्मालाई श्रमिक उपसमिति इन्चार्जमा तोकेको छ ।
त्यस्तै सुजन पाण्डेलाई स्वयंसेवक उपसमिति इन्चार्जको जिम्मेवारी तोकेको छ । भाबि दिनमा क्युस्यु क्षेत्रिय कार्यसमितिको गतिबिधिलाई मजबुद बनाई नेपाली समुदायहरुको आबश्यकतालाई परिपुर्ति गर्नको लागि सक्षम हुने जनाएको छ ।